कञ्चनपुर । कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ६ वडा कार्यालय भवनको शिलान्यास गरिएको छ। बिहिबार वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले एक कार्यक्रमका बिच भवनको शिलान्यास गर्नु भएको हो ।

भवनको शिलान्याससँगै आगामी आर्थिक वर्षमा सक्ने गरी निर्माणको काम अगाडि बढेको छ। भवनको शिलान्यास गर्दै नगर प्रमुख भोजराज बोहराले तोकिएको समयमै निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ। साथै नगर प्रमुख बोहराले वडा कार्यालय निर्माण भएपछी वडाबाट प्रवाह हुने सेवाहरू सेवाग्राहीलाई सहजै प्राप्त हुने विश्वास लिएको बताउनुभएको छ।

भवन निर्माणको ठेक्का दृष्टि ईन्फ्रास्टकचर प्रालिले पाएको छ। भवन निर्माणका लागि ५३ लाख २३ हजार ७ सय ३५ मा सम्झौता भएको हो। भवन २०८२ असार १५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको नगरपालिकाका सव इन्जिनियर महादेव जोशीले जानकारी दिनु भएको छ।

शिलान्यास कार्यक्रममा वेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, कार्यपालिका सदस्य रामरतो देवी राना लगायत वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि एवम् स्थानीयको उपस्थिति रहेको वेदकोट ६ का वडा अध्यक्ष तुलसी राना थारूले बताउनुभएको छ।









Discussion about this post