कञ्चनपुर । कञ्चनपुरका एक युवा ४१ दिनदेखि सम्पर्कविहीन छन्। वेदकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपुरका ३२ वर्षीय तारणी पन्त ४१ दिनदेखि सम्पर्कविहीन भएका हुन्।
नेपाल बैङ्क लिमिटेड मनाङको चामे शाखामा कार्यरत पन्त विदाको दिन मनाङको भ्यु पोइन्ट जाने क्रममा सम्पर्कविहीन भएका र त्यसपछि सम्पर्कमा नआएका परिवारले जनाएको छ।
४१ दिनदेखि उनी सम्पर्कमा नआएपछि नआएपछि परिवार र आफन्तजन चिन्तित बनेका छन्। उनलाई देख्ने जोसुकैले नजिकैको प्रहरी चौकी अथवा 9840298322 वा 9848358880 नम्बरमा सम्पर्क गरि दिनहुन् उनका भाइ विष्णु पन्तले आग्रह गरेका छन्।