Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बुद्ध दर्शनलाई विश्वभर फैलाएर लाभ लिन सक्नुपर्छः प्रदेश प्रमुख भट्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ६, २०८२
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ६ वैशाख ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ ।

लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध सम्पदा, संस्कृति र साहित्यको अध्ययन अनुसन्धान केन्द्र स्थापनाको लागि आयोजना गरेको अन्र्तक्रियात्मक गोष्ठीमा बोल्दै प्रदेश प्रमुख भट्टले बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्ने बताउनुभयो ।

बुद्ध धर्म यस धर्ममा आस्था राख्नेको मात्र नभएर सबैका लागि एउटा दर्शन र सिद्धान्त रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘बुद्ध शिक्षा जीवनको नैतिक मार्गदर्शक हो, यसको अनुसरण र परिपालना गर्न जरूरी छ । बुद्धको सन्देशलाई आत्मसाथ गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता हो । बौद्ध शिक्षालाई विश्वभर फैलाएर शान्तिको सन्देश दिनुपर्नेछ ।’

बौद्ध दर्शनको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यसहित २० वर्षअघि स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा रहेको उल्लेख गर्दै उहाँले सानो संरचनाबाट विश्वविद्यालयको स्वरुप देखिने चरणमा आइपुगेकोमा खुशी व्यक्त गर्नुुभयो । विश्व आकर्षणको केन्द्र भएको लुम्बिनीमा स्थापना भएको विश्वविद्यालयले नेपालमै लुम्बिनी र बुद्ध प्रतिको चासोलाई बढाएको उहाँको भनाई छ ।

‘बौद्ध अध्ययन, लुम्बिनीको चिनारी, विपश्यना ध्यानसहितको पाठ्यक्रम तयार हुनाले यसले नेपालमा मात्र नभई विश्व समुदायमा नै चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उहाँले भन्नुभयो – ‘विश्वविद्यालयले बौद्ध शिक्षालाई विश्वभर फैलाउनका लागि विभिन्न मुलुकहरूमा अध्ययन केन्द्रहरु स्थापना गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेकोमा खुशी लागेको छ ।’

बौद्धदर्शन विश्वका धेरै विश्वविद्यालयमा अध्ययन अध्यापन हुने भएपनि बुद्ध भूमिमा बसेर बौद्ध दर्शन अध्ययन गर्न पाउनु सुखद अवसर रहने प्रदेश प्रमुख भट्टको भनाई छ । उहाँले थप्नुभयो – ‘यसैले पनि विदेशी नागरिकले पनि लुम्बिनीलाई विशेष महत्व राख्ने गरेका छन् । विश्वविद्यालयलाई शैक्षिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । त्यसका लागि अझ धेरै पूर्वाधार आवश्यक रहेकाले राज्यले विशेष ध्यान दिनुपर्दछ । ’

विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेकोमा खुशी व्यक्त गर्दै उहाँले बुद्धलाई ढोग्न मात्रै होइन, ज्ञान आर्जनका लागि पनि लुम्बिनी आउनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको विश्वविद्यालयलाई प्रगतिको कामना गर्नुभयो ।

गण्डकीमा पनि केन्द्र स्थापना गरी बौद्ध दर्शन सम्बन्धी अध्ययन अध्यापन गराउने कार्यको स्वागत गर्दै उहाँले गण्डकी प्रदेश सरकारले पनि आवश्यक सहयोग, समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणा बमोजिम स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध धर्म दर्शनको अन्तर्राष्ट्रिय प्राज्ञिक थलोका रूपमा विकास गर्न सबै पक्षको सहयोग जरूरी छ ।’ उहाँले भन्नुभयो – ‘गोष्ठीले साझेदारहरूबीच गहन अन्तक्र्रिया गरी सरोकारवाला पक्षसँग आपसी सम्बन्ध विस्तार गर्न, केन्द्र स्थापनाको लागि आधार तयार गर्न सक्नेछ भन्नेमा विश्वस्त छु ।’

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व