Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वायु प्रदूषणलाई कम गर्न सरकारले मात्रै चाहेर सक्दैन् : निरीक्षक लामिछाने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर १७, सोमबार १९:०५
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आकांक्षा धामी, नेपाल न्यूज बैंक

काठमाडौं । वायु प्रदूषणको समस्या वर्षेनी बढ्दो छ । यो समस्या जाडोमा झनै बढ्छ । वायु प्रदूषणबाट विशेषगरी काठमाडौं उपत्यकाबासी हैरान छन् । वायु प्रदूषण नेपालमा मात्र नभइ विश्वमा तिब्र रुपमा बढीरहेको विज्ञहरु बताउँछन् ।
काठमाडौंमा वायु प्रदूषण बर्खामा कम र जाडोमा बढी हुने गरेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउँछन् । पानी पर्दा वायूमण्डलमा भएको प्रदूषण पखालिन्छ । तर जाडोमा पानी कम पर्ने र अन्य कारणले वायु प्रदूषण बढ्छ ।

खासगरी वायु प्रदुषण हिउँद याममा बढ्ने गरेको उनको भनाइ छ । नेपाल न्यूज बैंकले गरेको कुराकानीमा उनले विशेषगरी कार्तिकपछि वायू प्रदुषण बढ्न थालेको बताए । उनले प्रदुषण चिसोले गर्दा पुस–माघसम्म धेरै हुने गरेको बताए । साथै चैत–बैशाखमा समेत आगलागीका घटना र वनडढेलोका कारण पनि वायु प्रदुषण बढ्दै जाने बताए । खासगरी काठमाडौंमा दशैंपछि र तिहार भन्दा केही अगाडिबाट वायु प्रदुषण बढ्न थालेको बताए । उनले अलिकति शनिबार र बिदाको समयमा वायु प्रदुषण घट्ने गरेको बताए ।

उनले भने, ‘विशेषगरी वायु प्रदुषण हिउँद याममा बढ्छ । कार्तिकपछि बढ्न थालेको छ । पुस माघसम्म चिसोले गर्दा वायु प्रदुषण बढ्छ । फेरी चैत–बैशाखमा आगलागीका घटनाहरु र वन क्षेत्रमा लाग्ने डढेलोलगायतका घटनाहरुले पनि चैत–बैशाखमा प्रदुषण उच्च हुने जोखिम हुन्छ ।’ यसैगरी पानी पर्न थालेपछि मनसुनको समयमा वायु प्रदुषण कम हुने गरेको उनको भनाइ छ । मुख्यतया सहरी क्षेत्र काठमाडौं र त्यसबाहेक ठूला ठूला सहरहरु पोखरा, र तराइमा बढी प्रदुषण हुने गरेको उनले बताए ।

उनले भने, ‘पानी पर्न थालेपछि मनसुनको समयमा वायु प्रदुषण कम हुनेगर्छ । मुख्यतया नेपालको सन्दर्भमा सहरी क्षेत्र काठमाडौं उपत्यका भइ नै हाल्यो, त्यसबाहेक ठूला ठूला सहरहरु पोखरा र तराइ बढी प्रदुषण हुने क्षेत्रमा पर्छन् । पश्चिम तराइको तुलनामा पूर्वको तराइमा प्रदुषण अझ बढी हुने गरेको विगतका तथ्यांकहरुले देखाएको छ ।’

साथै एक्यूआइको स्केल शून्यदेखि पाँचसयसम्म हुन्छ । जसमा शून्यदेखि ५० सम्म एक्युआइ छ भने त्यो वातावरणको लागि राम्रो मनिने तथा ५० देखि एकसयको एक्यूआइ मध्यम स्तरको मनिन्छ । साथै एकसय भन्दा माथी जतिपनि बढ्दै जान्छ त्यती नै प्रदूषणको तह उच्च हुँदै जाने बताए । एकसयदेखि १५० को संवेदनशिल वर्गको लागि हानिकारक मनिन्छ । तीनसय भन्दा माथि एक्यूआइ गयो भने त्यो अवस्था खतरनाक नै मानिने उनको भनाइ छ ।

साथै उनले देशभर २९ ठाउँमा वायु गुणस्तर मापन केन्द्रहरु रहेको बताए । काठमाडौंसहित धुलिखेलमा समेत वायु प्रदुषण मापन केन्द्रहरु रहका छन् । साथै उनले देशको विभिन्न ठाउँहरुमा रहेका वायु प्रदुषण गुणस्तर मापन केन्द्रहरुबाट तथ्यांकहरु लिने गरिएको बताए ।

वायु प्रदुषणको तथ्यांक घण्टा घण्टामा नै परिवर्तन भइरहेको हुन्छ । मसिनो धुलोका कणहरुले पनि काठमाडौं उपत्यका सबैभन्दा बढी वायु प्रदुषण सहरको नाममा रहेको पाइन्छ ।

उनले भने, ‘काठमाडौंमा आर्थिक कारोवार र सवारी चाप बढी हुन्छ त्यहीँ कारणले पनि वायु प्रदुषण बढ्ने गर्छ । यहाँ यातायातका साधनहरु धेरै छन् । मुख्यतया यातायातका साधनहरु नै वायु प्रदूषणका मुख्य कारण हुन् । बाहिरबाट आउने वायु प्रदुषण पनि हुन्छ । जस्तै यस वर्षको वायु प्रदूषण नै हेर्ने होभने काठमाडौं बाहिर तराइ क्षेत्रबाट र नयाँ दिल्लीबाट समेत काठमाडौंमा वायु प्रदूषणको असर परिरहेको हुन्छ ।’

उनले काठमाडौं उपत्यका कचौंरा आकारको भएकाले पनि चिसो बढेसँगै उपत्यकाको हावा सजिलै बाहिर जान पाउँदैन र उत्सर्जन नहुने भएकाले उपत्यकामा बढी वायु प्रदुषणको जोखिम हुने गर्दछ ।

साथै उनले बाहिरको वायु प्रदूषण कम गर्न सवारी साधनको प्रणालीमै सुधार गर्नुपर्ने बताए । उनले भने, ‘उद्योगको सही तरिकाले व्यवस्थापन गर्नुपर्छ । फोहोर व्यवस्थापनको कुरा पनि मुख्य रुपमा आउँछ । धूलो–धूँवा बढी हुन्छ र वायु पदूषण बढाउँछ । ’
यसैबीच लामिछानेले वायु प्रदूषणले गर्दा मानव स्वास्थ्यमा धेरै असर पर्ने बताए । उनले श्वास प्रश्वास सम्बन्धी रोगहरु र मुटु सम्बन्धी रोगहरुको मूख्य कारण नै वायु प्रदुषण भएको बताए । उनले वृद्घ आमाबुवा, बच्चाहरुमा तथा मुटुका रोगीहरुलाई वायु प्रदुषणले धेरै असर पार्ने गरेको बताए ।

यसरी वायु प्रदुषणलाई न्यूनीकरण गर्न सरकारी निकायको महत्वपूर्ण भूमिका रहने जीकिर गरे । साथै उनले सबैले सचेत भएर सावधानीका उपायहरु अपनाउन समेत आग्रह गरे । वायु प्रदूषण उच्च भएको समयमा सधैं माक्स लगाउनुका साथै खतरनाक अवस्थामा नै वायु प्रदूषण भएको छ भने सकेसम्म घरमै बस्नुपर्ने उनको सुझाव छ ।

उनले वायु प्रदूषणलाई कम गर्नका लागि सरकारले मात्रै चाहेर केही गर्न नसकिने बताए । प्रदूषणका कारण यति धेरै छन् । त्यसमा काम गर्न सक्यौं भने मात्रै प्रदूषण घट्ने हो । त्यसैले वायु प्रदूषण भइसकेपछि घटाउने भन्दा पनि प्रदूषण हुनै नदिने तर्फ सोच्नुपर्ने समय आएको उनको भनाइ छ ।

उनले वायु प्रदुषण कम गर्नका लागि लागि सरकार सँगसँगै आम जनता स्वास्थ्यकर्मी, मिडियाकर्मी, विभिन्न एनजिओ, आइएनजिओ आ–आफ्नो तर्फबाट सक्दो पहल गर्न लाग्नुपर्ने बताए ।

जस्तै केही वस्तु जलाउँदा निस्किने धुवाले प्रदूषण बढाउँछ भने फोहोरजन्य पदार्थ नजलाउने, हामीले चलाउने यातायातका साधन समय समयमा मर्मत गर्ने, वनजंगलमा आगो नलगाउने, सकेसम्म आफ्नो घर वरपर हरियाली वातावरण बनाउने यस्तै कुराहरुमा सबैले ध्यान दियौं भने केही हदसम्म वायु प्रदूषण कम गर्न सकिने उनको भनाई छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

टूथब्रशमा हुन्छन् लाखौँ ब्याक्टेरिया, कसरी सफा राख्ने ?
स्वास्थ्य

टूथब्रशमा हुन्छन् लाखौँ ब्याक्टेरिया, कसरी सफा राख्ने ?

२०८१ मंसिर १७, सोमबार १९:०५
अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
स्वास्थ्य

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

२०८१ मंसिर १७, सोमबार १९:०५
स्वास्थ्य मन्त्रालयद्वारा रगत अभाव भए १११५ मा सम्पर्क गर्न आग्रह
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको रक्तदान आह्वान: रगत अभाव हुन नदिन सबैलाई आग्रह

२०८१ मंसिर १७, सोमबार १९:०५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८१ मंसिर १७, सोमबार १९:०५
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८१ मंसिर १७, सोमबार १९:०५
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८१ मंसिर १७, सोमबार १९:०५
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८१ मंसिर १७, सोमबार १९:०५
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८१ मंसिर १७, सोमबार १९:०५
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

२०८१ मंसिर १७, सोमबार १९:०५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व