यस्तै रहेछ हिँड्दै डुल्दै जिन्दगी सकिदो रहेछ
व्यर्थका अनुभव बटुल्दै जिन्दगी सकिदो रहेछ
मान्छेले जीवनलाई फुलसँग तुलना गर्छ फगत
कोपिलामा फूल नफुल्दै जिन्दगी सकिदो रहेछ
खोतल्दा खोतल्दै सकिन्छ फगत खरानी हुन्छ
भित्री रहस्यहरू नखुल्दै जिन्दगी सकिदो रहेछ
कसैले सम्झिन्छ कसैले बिर्सिन्छ के फरक पर्छ
आफैलाई सम्झिदै भुल्दै जिन्दगी सकिदो रहेछ
लगानी पनि अनौठो ठाउँमा गरिएछ बुझ्दै गए
मात्रको लगानी असुल्दै जिन्दगी सकिदो रहेछ