सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चाडपर्वपछि गाउँघरको शून्यता

नेपालका गाउँहरू चाडपर्वको बेला हर्षोल्लास र उमंगले भरिन्छन्। दशैं, तिहार जस्ता प्रमुख चाडहरूले गाउँको परम्परागत र सांस्कृतिक जीवनलाई जीवित राख्ने एक महत्वपूर्ण अवसर प्रदान गर्छ। यी चाडहरू गाउँलेहरूको जीवनमा एक विशेष स्थान राख्छन्, जसमा उनीहरूले परिवारका सदस्य, आफन्त, र साथीहरूलाई भेटेर खुशीका क्षणहरू बाँड्छन्। तर, चाडपर्वको समाप्ति पछि गाउँहरूको अवस्था एकदम भिन्न हुन्छ। चाडपर्वका उत्सवहरू सकेपछि गाउँहरू सुनसान र सून्य जस्तो देखिन्छन्, र यो स्थिति केवल भौतिक शून्यताको मात्र होइन, सामाजिक र मानसिक शून्यताको पनि परिणाम हो।  चाडपर्वपछि गाउँहरूमा देखिने वास्तविकता, जीवन स्तर, समस्या, र समाधानका उपायहरूको विश्लेषण निम्न गर्न सकिन्छ ।

जीवन स्तर

नेपालका ग्रामीण क्षेत्रहरूमा जीवन स्तर परम्परागत कृषि, पशुपालन, र गाउँमा आधारित उद्योगहरूमा निर्भर हुन्छ। चाडपर्वको समय गाउँलेहरूले मिठाइ, रंगीन कपडाहरू र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूको मजा लिन्छन्। गाउँका रौनकपूर्ण दृश्य र समृद्धिका संकेत मात्र यिनै उत्सवहरूको समयमा देखिन्छ। तर चाडपर्वको समाप्ति संगै ग्रामीण जीवनमा एक प्रकारको शून्यता र संघर्षको आगमन हुन्छ। चाडपर्वपछि, धेरै युवा कामका लागि विदेश जान्छन्, जसको कारण गाउँमा वृद्धवृद्धा र बालबालिकाका अतिरिक्त कोही नफर्कने स्थिति आउँछ।

यसले गाउँको सामाजिक संरचनामा असंतुलन र एकाकीपन ल्याउँछ, र जीवन स्तरको गिरावटमा योगदान पुर्‍याउँछ। चाडपर्वको बेलामा तातो आशाको पिउने गाउँलेहरू, पुनः दैनिक जीविका चलाउनका लागि संघर्ष गर्न बाध्य हुन्छन्। कामकाजी उमेरका युवाहरूको पलायनले गर्दा गाउँमा वृद्धवृद्धा र बालबालिकाहरूको जीवन संघर्षपूर्ण बनिरहेको छ।

Mahakali Polytechnic

नेपालका ग्रामीण क्षेत्रहरूमा युवा पलायनको समस्या बढ्दो छ। जनगणनाका अनुसार, करिब ३०% युवा कामका लागि विदेश पलायन गरिसकेका छन्। यसको प्रत्यक्ष प्रभाव भनेको, चाडपर्वपछिको गाउँमा वृद्धवृद्धा र बालबालिकाको मात्र उपस्थिती रहन्छ। यसका कारण, सामाजिक र पारिवारिक गतिविधिहरू कम हुने गर्छन् र गाउँको जीवनशैली एकदम शून्य भएको अनुभव हुन्छ।

World Link Ads

नेपालका ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य सेवामा पनि ठूलो असमानता रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक रिपोर्टले देखाएको छ कि ग्रामीण क्षेत्रमा ४०% मानिसहरूले आधारभूत स्वास्थ्य सेवा पाउन कठिनाइ भोगिरहेका छन्। यसरी, चाडपर्वको बेला गाउँलेहरू खुशी र उमंगका साथ रहन्छन् भने चाडपर्व सकिएपछि त्यहाँको मौनता ग्रामीण जनसांख्यिकीय वास्तविकताको ज्वलन्त उदाहरण बनिरहेको छ।

Sana Kishan

चाडपर्वहरू केवल एक उत्सव मात्र होइन, नेपाली समाजको एकता र साझेदारीको प्रतीक पनि हुन्। चाडपर्वको समयमा परिवार र आफन्तहरू एकजुट हुने अवसर पाउँछन् र यसले सामाजिक सम्बन्ध बलियो बनाउँछ। गाउँलेहरूले सामूहिक रूपमा नाचगान, खेलकुद र परम्परागत कार्यक्रमहरूमा भाग लिन्छन्, जसले सांस्कृतिक परम्परालाई संरक्षण र प्रवर्धन गर्न मद्दत पुर्याउँछ। चाडपर्वका बेला गाउँहरूमा लामो समय पछि एउटा सामूहिक अनुभव साझा हुन्छ, जसले जीवनका कठिनाइलाई केही समयको लागि थाँट दिन्छ। तर, यसका समाप्ति पछि देखिने शून्यता र मौनता गाउँको सामाजिक जीवनलाई चुनौती दिन्छ।

चुनौती

चाडपर्वको समाप्ति संगै गाउँमा केहि प्रमुख असरहरू देखिन्छन्। यी असरहरूलाई मनोवैज्ञानिक र सामाजिक दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ।

मनोवैज्ञानिक असर: चाडपर्वको समय एक प्रकारको मानसिक राहत र खुशीको समय हो, तर यसका समाप्ति पछि त्यहाँ एकान्त र शून्यताको प्रभाव देखिन्छ। वृद्धवृद्धाहरूले आफ्ना सन्तानलाई टाढा हुँदा एक्लोपनको अनुभव गर्छन्, जसले उनीहरूमा मानसिक दबाब सिर्जना गर्छ। साथै, चाडपर्वको रमाइलो समय समाप्त भएपछि ग्रामीण जीवनको कठिनाइ र अपूर्णताले मानिसहरूको मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ।

सामाजिक असर: चाडपर्वको समाप्ति पछि मेलापात, सामूहिक कामहरू र परम्परागत जमघटहरू कम हुँदै जान्छन्। गाउँका गतिविधिहरूमा कमी आउँछ र यसले सामाजिक संरचनामा असन्तुलन ल्याउँछ। यसले ग्रामीण समाजको सामाजिक एकता र समरसतामा असर पार्छ। चाडपर्वपछि देखिने मौनता र शून्यता, सामाजिक असहमति र असहजता सिर्जना गर्न सक्छ।

चाडपर्वपछि गाउँलेहरूले भोग्नुपर्ने प्रमुख कठिनाइहरूमा स्वास्थ्य सेवा, अन्त्येष्टि संस्कारमा समस्या र आपसी सहयोगको कमी पर्दछन्।

स्वास्थ्य सेवा: स्वास्थ्य सेवाको कमी विशेष गरी ग्रामीण क्षेत्रहरूमा चुनौतीको रूपमा देखिन्छ। चाडपर्वका समयमा पनि, बिरामीलाई अस्पताल लैजानको लागि युवाहरूको अभावले गर्दा मृत्युको जोखिम बढ्न सक्छ। गाउँमा अस्पतालहरू नजिक छैनन् र यदि बिरामीको अवस्था गम्भीर छ भने तिनीहरूलाई उपचारमा ढिलाइ हुने सम्भावना छ।

अन्त्येष्टि संस्कार: अन्त्येष्टि संस्कारको समयमा युवा पुस्ताको अभावले परम्परागत रीतिरिवाजहरू पालना गर्न कठिनाई उत्पन्न हुन्छ। चिहान सम्म पुर्याउनु समेत कठिनाइ र मान्छे समेत भेटिदैनन।  परम्परागत रीतिहरू अनुसार सामूहिक सहभागिता आवश्यक हुन्छ, तर युवाहरूको अभावले गर्दा त्यसको क्रियान्वयनमा समस्या आउँछ र आईरहेको देख्न सकिन्छ ।

के गर्न सकिन्छ ?

सामाजिक र आर्थिक असमानताका कारण उत्पन्न समस्याहरूको समाधानका लागि केही उपायहरू आवश्यक छन्:

रोजगारीका अवसरहरूको सिर्जना: युवाहरूलाई गाउँमै रोजगारका अवसरहरू उपलब्ध गराउन सकेमा उनीहरूको पलायन रोक्न सकिन्छ। कृषि, सहकारी संस्था र लघु उद्योगहरूको प्रवर्द्धन गरी युवाहरूलाई गाउँमै रोक्न सकिन्छ। यसले गाउँका समाज र अर्थतन्त्रलाई पुनःस्थापित गर्न मद्दत पुर्याउँछ।

स्वास्थ्य सेवाको सुधार: गाउँमा आधारभूत स्वास्थ्य सेवाको उपलब्धता बढाउन स्थानीय सरकार र संघीय सरकारले ध्यान दिन आवश्यक छ। नजिकका स्वास्थ्य चौकीहरूमा दवाइ र उपचार सुविधा बढाउने र प्रशिक्षित स्वास्थ्यकर्मीहरूको उपलब्धता सुनिश्चित गर्नुपर्छ।

सामाजिक परम्पराको संरक्षण: परम्परागत गतिविधिहरू र सांस्कृतिक कार्यशालाहरूको आयोजनाले समुदायलाई एकजुट राख्न मद्दत पुर्याउँछ। सामुदायिक उत्सवहरू र पारिवारिक कार्यक्रमहरूको आयोजना गरी सामाजिक एकता र परम्परागत संस्कारलाई पुनर्जीवित गर्न सकिन्छ।

गाउँमा भएका यी समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गर्न सबै पक्षको सहकार्य आवश्यक छ। सरकारका योजना र नीतिहरू, स्थानीय समुदायका पहल र विदेशमा रहेका नेपालीहरूको योगदान मिलेर गाउँमा पुनःस्रृजन र समृद्धि ल्याउन सक्छ। चाडपर्वपछि गाउँको जीवनलाई सामान्य बनाउने प्रक्रिया दीर्घकालिक र सामूहिक प्रयासको परिणाम हुनेछ।

अन्ततः

चाडपर्वपछिको गाउँको शून्यता र पीडाले नेपाली समाजमा गहिरो प्रभाव पार्छ। यो शून्यता केवल भौतिक मात्र नभई सामाजिक, मानसिक र सांस्कृतिक शून्यताको प्रतीक पनि हो। यसका समाधानका लागि गाउँको विकास, रोजगारका अवसरहरूको सिर्जना, र सांस्कृतिक परम्पराको संरक्षण अत्यन्त महत्त्वपूर्ण छ। यस्ता समस्याहरूको समाधानका लागि समग्र समाजको योगदान अनिवार्य छ।

प्रकाश बहादुर चन्द 

पञ्चेश्वर गा पा ४ डुङ्गरा बैतडी 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds