सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हङकङ सिक्सेस: युएईले नेपाललाई हरायो

काठमाडौं– हङकङमा जारी सिक्सेसमा युएईसँग नेपाललाई पराजित भएको छ । प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो ।

९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । युएईका आसिफ खानले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट ५५ रन जोडे । खालिद शाहले ७ बलमा १५ रन बनाए ।

नेपालका लागि राशिद खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो ।

Mahakali Polytechnic

नेपालका विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्काको सहयोगमा नट आउट ४९ रन जोडे । लोकेश बमले १० बलमा १९, प्रतिश जिशीले ४ बलमा १४ तथा कप्तान सन्दीप जोराले ४ बलमा ७ रन बनाए ।

World Link Ads

युएईका लागि आकिफ राजाले २ तथा सचिंत शर्माले १ विकेट लिए ।

Sana Kishan

युएईले दिउँसो १ः३५ बजे दक्षिण अफ्रिकासँग प्लेट फाइनलमा खेल्नेछ । – हाम्रो खेलकुद

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds