Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा पाकिस्तानको ‘क्लीन स्वीप’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ८, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : पाकिस्तानले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला ‘क्लीन स्वीप’ गरेको छ।

साइम अयुबले शतक बनाएपछि पाकिस्तानले तेस्रो एकदिवसीयमा घरेलु टोलीलाई डीएलएस मेथड अनुसार ३६ रनले पराजित गरेको हो।

जोहानेसबर्गस्थित द वन्डरर्स स्टेडियममा वर्षा प्रभावित खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लियो। ४७ ओभरमा झारिएको खेलमा पाकिस्तानले नौ विकेट गुमाएर ३०८ रनको योगफल तयार पार्यो।

ओपनर अब्दुल्लाह साफिक गोल्डेन डक आउट भए पनि दोस्रो विकेटका अयुब र बाबर आजामले ११४ रनको साझेदारी गरे। बाबरले ५३ रनको योगदान गरे। अयुबले १०१ रनको शानदार इनिङस खेले। ९४ बल खेलेका उनले १३ चौका र दुइ छक्का प्रहार गरे। यो शृङ्खलामा अयुबको यो दोस्रो शतक हो। उनले सिरिजको पहिलो खेलमा पनि १०९ रन बनाएका थिए।

यस्तै, मोहम्मद रिजवानले ५३ रन थपे। सलमान आघाले ४८ र तयब ताहिरले २८ रन बनाए। बलिङतर्फ कागिसो राबडाले तीन विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका २७१ रनमा अल आउट भयो। हेनरिच क्लासेनले सर्वाधिक ८१ रन जोडे।

पाकिस्तानका सुफियान मुकिमले चार विकेट हात पारे। शाहीनशाह अफ्रिदी र नसीम साहले दुई–दुई विकेट लिए।

दक्षिण अफ्रिकाले सन २०२१ पछि घरेलु मैदानमा पाकिस्तानसँग शृङ्खला गुमाएको यो दोस्रो पटक हो। पाकिस्तानले पहिलो एकदिवसीयमा ३ विकेट र दोस्रोमा ८१ रनको जित हात पारेको थियो।

अब यी दुईबीच २६ डिसेम्बरबाट दुई खेलको टेस्ट शृङ्खला सुरू हुनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो
खेलकुद

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन
खेलकुद

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
भाइटीकापछि एनपीएलमा आज दुई रोमाञ्चक खेल हुँदै
खेलकुद

भाइटीकापछि एनपीएलमा आज दुई रोमाञ्चक खेल हुँदै

कार्तिक २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

कार्तिक २६, २०८३
बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

कार्तिक २६, २०८३
बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व