Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

युरिक एसिडको घरेलु उपचार हो नीम, यसरी प्रयोग गर्नुस्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ८, २०८१
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

हिजोआज यूरिक एसिड अधिकांशमा देखिने समस्या बनेको छ । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण धेरैलाई युरिक एसिड भइरहेको छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी दुख्ने अनि सुन्निने जस्ता समस्या हुन सक्छ ।

यद्यपि, युरिक एसिडलाई केही घरेलु र प्राकृतिक उपचारहरूद्वारा पनि नियन्त्रण गर्न सकिन्छ । त्यसैमध्ये एउटा हो नीमको पातको प्रयोग । नीमको पातहरू औषधीय गुणहरूले भरपूर छ । आयुर्वेदमा धेरै रोगहरूको उपचारमा यसको गर्न प्रयोग हुँदै आएको छ ।

युरिक एसिड नियन्त्रण गर्न नीमको पात रामबाण औषधि हो भन्दा पनि अतियुक्ति हुन्न ।

नीमको पातले कसरी नियन्त्रण गर्छ युरिक एसिड ?

नीमको पातको रस

सबैभन्दा पहिले नीमको ताजा पातहरूलाई राम्ररी धुनुहोस् र पिसेर रस निकाल्नुहोस् । यो जुसलाई दिनमा एक पटक खाली पेटमा पिउनाले फाइदा हुन्छ । नीमको तितो स्वादले युरिक एसिडको मात्रा घटाउन मद्दत गर्छ र शरीरमा रहेका विषक्त पदार्थ पनि बाहिर निकाल्छ । यसको नियमित सेवनले युरिक एसिडको प्रभावलाई कम गर्न मद्दत गर्छ ।

नीमको चिया

युरिक एसिड नियन्त्रण गर्न नीमको चियाको सेवन पनि राम्रो उपाय हो । यसका लागि केही नीमको पातलाई पानीमा उमालेर यो पानी छानेर पिउनुहोस् । दिनमा एक पटक यसको सेवन गर्नु पर्छ । यो चियामा प्रचुर मात्रामा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले जोर्नी सुन्निएको र दुखाइ कम गर्न मद्दत गर्छ ।

नीमको पातको धुलो

सुकेको नीमको पातलाई पिसेर धुलो बनाउनुस् अनि यो पाउडर दैनिक सेवन गर्नुहोस् । यसलाई तातो पानीमा वा मह मिसाएर सेवन गर्न सकिन्छ । यो औषधिले शरीरमा युरिक एसिड क्रिस्टलहरू भंग गर्न र यूरिक एसिड स्तरलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

नीमको पेस्ट र तेल

नीमको पातको पेस्ट बनाएर प्रभावित जोर्नीहरूमा लगाउनाले सुन्निएको अनि दुखाइबाट आराम मिल्छ । यस बाहेक प्रभावित क्षेत्रको मसाज गर्न पनि नीमको तेल प्रयोग गर्न सकिन्छ । यो उपाय युरिक एसिडको लक्षणलाई कम गर्न मात्र नभई छालाको लागि पनि फाइदाजनक छ ।

नीमको पातका अन्य फाइदाहरूः

नीमको पातमा एन्टी ब्याक्टेरियल, एन्टी फंगल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले शरीरका धेरै समस्यालाई हटाउन मद्दत गर्छ । यसले रगत शुद्ध गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र छालाको समस्या निको पार्न पनि मद्दत गर्छ ।

सावधानीः

– गर्भवती महिला तथा बालबालिकाले चिकित्सकको सल्लाहबिना यसको सेवन गर्नुहुँदैन ।

–अत्यधिक मात्रामा यसको सेवन गर्दा पेटको समस्या वा कमजोरी हुन सक्छ, त्यसैले यसलाई सही मात्रामा मात्र सेवन गर्नुहोस् ।

– तपाईले कुनै अन्य रोगको लागि औषधि खाइरहनु भएको छ भने, नीम सेवन गर्नु अघि डाक्टरसँग परामर्श गर्नुपर्छ । रातोपाटी बाट साभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महिला कबड्डीमा आज नेपाल र चाइनिज ताइपेइ खेल्दै,

महिला कबड्डीमा आज नेपाल र चाइनिज ताइपेइ खेल्दै,

अशोज ७, २०८३
‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३
भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

अशोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

अशोज ७, २०८३
१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

अशोज ७, २०८३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

अशोज ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व