काठमाडौँ । तिहार बिदापछि एक साताको अन्तरालमा खुलेको साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४८ अङ्कले घटेर २ हजार ६४८.७४ विन्दुमा झरेको हो।
आज कारोबारमा आएका कम्पनीमध्ये १६० वटाको सेयर मूल्य घटेको छ भने १०९ वटाको मूल्य बढेको छ। त्यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज ३३५ स्क्रिप्टको ३१ हजार ३०४ पटकको कारोबारबाट ७८ लाख ४३ हजार ५८८ कित्ता सेयर खरिद–बिक्री भएका छन्। यसबाट कुल ३ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा स्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.५६ प्रतिशत नाफा कमाएका छन्। यता, क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अन्य कम्पनीको कारोबार रकम भने २० करोड रुपैयाँभन्दा कम रहेको छ।
समूहगत परिसूचकतर्फ विकास बैंक, होटल, हाइड्रोपावर र निर्जीवन बिमा समूहमा वृद्धि भएको छ भने अन्य समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै अन्य समूहको परिसूचक ०.९४ प्रतिशतले घटेको छ।










Discussion about this post