काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत २४औँ खेलमा काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले उत्कृष्ट अर्धशतकीय पारी खेलेका हुन्।
पावरप्लेमा चार विकेट गुमाउँदै २१ रनमा सीमित भएको सुदूरपश्चिमको ब्याटिङ सम्हाल्ने क्रममा दीपेन्द्रले ४६ बलमा चार चौका र दुई छक्काको मद्दतले अर्धशतक पूरा गरेका हुन्।
उनले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई कठिन अवस्थाबाट उकास्ने प्रयास गरेका छन्।
सुरुवाती ब्याटिङ धरापमा परेपछि दबाबमा रहेको सुदूरपश्चिमका लागि दीपेन्द्रको यो अर्धशतकीय पारी निकै महत्त्वपूर्ण बनेको छ।










Discussion about this post