Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

लोकतान्त्रिक मूल्य, मान्यता तथा निर्वाचन संस्कृतिको व्यावहारिक अभ्यास गराउने उद्देश्यले भक्तपुर–२, मिबाछेँस्थित एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयका चार सदन– भानु, लक्ष्मी, लेखनाथ र मोतीका क्याप्टेन तथा भाइस क्याप्टेन चयनका लागि आयोजित निर्वाचनले राष्ट्रिय निर्वाचन प्रक्रियाको झल्को दिएको थियो। लोकतान्त्रिक चेतना, नेतृत्व विकास, सामूहिक कार्यभावना तथा सहकार्यको संस्कृति अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको निर्वाचनमा कक्षा ६ देखि १० सम्मका ५९६ विद्यार्थी मतदाताका रूपमा सहभागी भएका थिए।

विद्यालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारको नाम दर्ता, चुनाव चिह्न वितरण, प्रचारप्रसार, मतदान तथा मतगणनालगायत सम्पूर्ण कार्य विधिसम्मत र औपचारिक ढङ्गबाट सम्पन्न गरिएको थियो। चुनावी अभियानका क्रममा उम्मेदवार तथा सदनका सदस्यहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए।

मतदानअघि आयोजित मतदाता शिक्षा कार्यक्रममा विद्यार्थीहरूलाई मतदान प्रक्रिया, मत बदर हुन सक्ने अवस्था, निर्वाचन आचारसंहिता तथा स्वस्थ प्रतिस्पर्धाको महत्वबारे जानकारी प्रदान गरिएको थियो।

निर्वाचन व्यवस्थापनको विशेष पक्षका रूपमा प्रमुख निर्वाचन आयुक्त, मतदान अधिकृत, पर्यवेक्षक तथा सुरक्षाकर्मीलगायतका सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूले नै निर्वाह गरेका थिए। मतदानको अघिल्लो दिन मतदाता परिचयपत्र वितरण गरिएको थियो।

बिहान ११ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण, मर्यादित तथा अनुशासित वातावरणमा सम्पन्न भएको थियो। मतदानपश्चात् मतपेटिका सिलबन्दी गरी विद्यालयका प्रिन्सिपल, प्रशासकीय प्रमुख, सहायक प्रिन्सिपल, पर्यवेक्षक तथा उम्मेदवार प्रतिनिधिको रोहवरमा मतगणना गरिएको थियो। निर्वाचनमा ८ पदका लागि २० जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई विद्यालयका संस्थापक प्रिन्सिपल भक्तराज राजभण्डारीले प्रमाणपत्रसहित बधाई तथा सम्मान प्रदान गर्नुभएको थियो। सो अवसरमा निर्वाचित प्रतिनिधिहरूले विद्यालयको मूल्य, मान्यता तथा अनुशासनको पालना गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने शपथसमेत लिएका थिए।

विद्यालय प्रशासनले यस्ता निर्वाचन अभ्यासले विद्यार्थीहरूमा नागरिक जिम्मेवारीबोध, नेतृत्व क्षमता तथा लोकतान्त्रिक संस्कार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा संयोजन माध्यमिक तह संयोजक निरण मानन्धरको नेतृत्वमा सामाजिक अध्ययन विभागका शिक्षकहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने
Education

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

साउन २६, २०८३
महेन्द्र भवन माविले पायो ‘महानगर विद्यालय’को परिचय
Education

महेन्द्र भवन माविले पायो ‘महानगर विद्यालय’को परिचय

साउन ७, २०८३
नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
Education

नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

भदौ ९, २०८३
रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

भदौ ९, २०८३
वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

भदौ ९, २०८३
अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व