Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

प्रकाश भट्ट by प्रकाश भट्ट
असार ६, २०८३
कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
0
SHARES
140
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ ले वडा भित्रका ३२ जना विपन्न, दलित तथा जेहेन्दार बालबालिकाहरूलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यका साथ छात्रवृत्ति रकम प्रदान गरेको छ। वडा कार्यालयले चालू आर्थिक वर्षको स्वीकृत “विद्यार्थी छात्रवृत्ति कार्यक्रम” अन्तर्गत विद्यालय तहदेखि उच्च शिक्षासम्म अध्ययनरत विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति वितरण गरेको हो।

वडा अध्यक्ष प्रकाश थापाले आर्थिक अभावका कारण कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले वडा भित्रका आर्थिक रूपमा विपन्न, दलित र जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति रकम प्रदान गरिएको बताउनुभयो। उहाँले यस आर्थिक सहयोगले बालबालिकाको पढाइ र शैक्षिक सामग्री खरिदमा थोरै भए पनि राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

छात्रवृत्ति पाएपछि स्थानीय अभिभावक र विद्यार्थीहरू निकै खुसी भएका छन्। स्थानीय अभिभावक सरस्वती दमाईले आफ्नी छोरीले पनि वडाबाट छात्रवृत्ति पाएको बताउँदै खुसी व्यक्त गर्नुभयो। उहाँले गरिब र विपन्न परिवारका लागि आर्थिक सहयोग पाउनु ठूलो राहत भएको भन्दै वडा कार्यालयलाई धन्यवाद दिनुभयो।

त्यस्तै, छात्रवृत्ति प्राप्त गरेकी कक्षा १० मा अध्ययनरत छात्रा आकृति उपाध्यायले वडाले आफूहरू जस्ता जेहेन्दार विद्यार्थीलाई गरेको यो मूल्याङ्कनले आगामी दिनमा अझ मेहनतका साथ पढ्ने हौसला मिलेको बताउनुभयो। यसै गरी, लिटिल बुद्ध एकेडेमी (एलबीए) मा प्लस टु (+2) तहमा अध्ययनरत छात्र मुकेश नाथले उच्च शिक्षा पढिरहेका बेला वडाबाट प्राप्त भएको यो छात्रवृत्ति रकमले आफ्नो शैक्षिक खर्च धान्न धेरै ठूलो मद्दत पुगेको बताउनुभयो।

भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष थापा स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएदेखि नै वडाको शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर विभिन्न कार्यक्रमहरू गर्दै आउनुभएको छ। वडा कार्यालयले यसअघि वडाका विद्यार्थीहरूका लागि निःशुल्क कम्प्युटर कक्षा, माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीहरूका लागि निःशुल्क तयारी कक्षा लगायतका धेरै कार्यक्रमहरू सञ्चालन गरिसकेको छ।

वडा कार्यालयले कुल १ लाख ४० हजार रुपैयाँ बराबरको छात्रवृत्ति रकम प्रदान गरेको हो। वडा अध्यक्ष थापाले शिक्षा क्षेत्रको विकास र सुधार नै वडाको समृद्धिको मुख्य आधार भएको बताउँदै आगामी दिनहरूमा पनि विपन्न र लक्षित वर्गका विद्यार्थीहरूलाई लक्षित गरी यस्ता कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार
Uncategorized

चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार

अशोज २३, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र
Uncategorized

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने
Uncategorized

बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

अशोज २६, २०८३
मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

अशोज २६, २०८३
‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

अशोज २६, २०८३
नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

अशोज २६, २०८३
प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

अशोज २६, २०८३
एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

अशोज २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व