सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्थानीय श्रोत साधनको उपयोग बढाउनुपर्नेमा उद्योगमन्त्री भण्डारीको जोड

बैतडी: संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी अहिले गृह जिल्ला बैतडीमा हुनुहुन्छ । जिल्लामा आयोजीत विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुभएका मन्त्री भण्डारीले जिल्लाबासीको निराशा हटाउने प्रतिवद्धता गर्नुभएको छ । उहाँले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरु क्रमशः कार्यान्वयन गरिरहेको बताउनुभयो । रोजगारी श्रृजना गर्नका लागि स्थानीय श्रोत साधनको उपयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजीत कार्यक्रहरुमा सहभागी हुनुभएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरुलाई उजागर गरि त्यसको व्यवस्थापनमा लागिरहेको बताउनुभयो । जिल्ला स्थीत विभिन्न खानी, खनिज, जडीबुटि प्रसोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको उहाँको भनाई छ ।
उहाँले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थीत गरि बैतडीको सिलेट राजधानी पु¥याउने प्रतिवद्धता व्यक्त गनुभयो । अहिले यी खानीहरु भएको ठाउँमा सडक पु¥याउन समेत केहि अवरोध श्रृजना भएको देखिन्छ सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने उहाँको भनाई छ । रोजगारीको सम्भावना भएका क्षेत्रमा विकास निर्माण गर्ने वातावरण बनाउन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
मन्त्री भण्डारीले आफ्नो आँखा अगाडीको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वंयमको कमजोरी हुने बताउनुभएको छ ।
उहाँले सरकारी बजेटमा स्थापीत योजनाहरुको पुर्ण उपयोग नभएको बताउनुभयो । “हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ तर सिचाईको अभावमा खेत बाँझो राखेका छौँ, ठाउँठाउँमा सडक पुगेपनि व्यवस्थीत नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्कील छ । सडक सुबिधा भएका ठाउँमा समेत कृषि उपजहरु उत्पादन गरि बिक्रि गर्ने परिपाटी छैन्, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ । सडक, सिंचाई, विद्युत, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गर्न सरकार लागिपरेको छ ।” वर्तमान सरकारले व्याक्तिवादी योजनाहरु नबनाउने उहाँको दावी छ ।
मन्त्री भण्डारीले अल्लोको लोक्ता प्रसोधन स्थानिय स्तरमै गर्नुपर्ने र त्यसको पुर्वाधार खडा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसका साथै जडिबुटि संकलन, प्रसोधन, प्याकेजिङ, ब्राण्डीङ गर्ने र लघु उद्यम मार्फत रोजगारी श्रृजना गर्ने बताउनुभयो । सामान्य व्याजदरको स्टार्टप कर्जा कार्यक्रम मार्फत रोजगारी श्रृजना भैरहेको उहाँको भनाई छ ।
स्थानीय स्तरमा उपलब्ध श्रोत साधनलाई उपयोग गरि रोजगारी श्रृजना गर्नमा आफुले ध्यान केन्द्रीत गरेको मन्त्री भण्डारीको भनाई छ । चालु आर्थिक बर्षमा नपरेका तर अत्यावश्यक योजनाहरु आगामी बर्षमा पर्ने उहाँले बताउनुभयो ।
मन्त्री भण्डारीले हरेक पटक ओरालो लागेको अर्थतन्त्रलाई नेकपा(एमाले) नेतृत्वको सरकारले लयमा फर्काउने गरेकाले वर्तमान समयको आर्थिक संकुचन हटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वर्तमान सरकारले सबै सरकारी क्षेत्रमा शुसासन कायम गर्ने बताउनुभयो । बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहनुभएका मन्त्री भण्डारीले बैतडीलाई सिरमा राखेर कामगर्ने बताउनुभएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds