Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको महेन्द्रनगरमा राप्रपाको मोटरसाइकल र्‍याली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २३, २०८१
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरले शनिबार महेन्द्रनगरमा मोटरसाइकल र्‍याली निकालेको छ। आफ्ना नेता तथा कार्यकर्ताहरूको विनाशर्त रिहाइको माग राख्दै सरकारविरुद्ध विरोध स्वरूप र्‍याली आयोजना गरिएको राप्रपा कञ्चनपुरले जनाएको छ।

राप्रपाले चैत १५ गते काठमाडौंको तिनकुनमा भएको राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराको रिहाइको माग गर्दै दबाबमूलक र्‍याली आयोजना गरेको राप्रपा कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताए।

महेन्द्रनगरको खुला मञ्चबाट सुरु भएको मोटरसाइकल र्‍यालीले बजार क्षेत्रको परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले भने, “यो भ्रष्टाचारी सरकारको तानाशाही कार्यशैलीबाट नेपाली जनता निराश भइसकेका छन्। अबको विकल्प राजसंस्था र हिन्दुराष्ट्र हो। यसका लागि आन्दोलनको माध्यमबाट सडकमा जनविद्रोह गर्नुपर्ने अवस्था आएको छ।” उनले शान्तिपूर्ण आन्दोलनको घोषणा भइसकेको र सरकारले त्यसलाई हिंसात्मक बनाउन खोजेमा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिए।

राष्ट्रिय संयुक्त जनआन्दोलन परिचालित समितिका प्रवक्ता तथा वरिष्ठ अधिवक्ता स्वागत नेपालले कोणसभामा बोल्दै महेन्द्रनगरको नाम भीमदत्तनगर जबरजस्ती लाद्न खोजिएको बताएका छन्। उनले चैत १५ गते काठमाडौंमा भएको शान्तिपूर्ण आन्दोलनलाई सरकारले षड्यन्त्रपूर्वक बिथोलेको हल्ला चले पनि कार्यकर्तालाई निराश नहुन आग्रह गरे। “राजसंस्था र हिन्दुराष्ट्रको मागसहित विशेष आन्दोलनको मिति चाँडै घोषणा हुनेछ, त्यस दिनको पर्खाइमा तयार भएर बस्नुस्,” उनले भने।

यसैगरी, राप्रपाका केन्द्रीय सदस्य तथा संगत संस्कृति संयोजक पुष्पराज पुरुषले निषेधित राजनीतिको आयु सकिएको र राजसंस्था स्थापना तथा धर्म–संस्कृति जोगाउन सबै जनसमुदाय एकजुट हुनुपर्ने समय आएको बताए। उनले भ्रष्टाचारी सरकारविरुद्ध आवाज उठाउन सबैलाई अपिल गरे।

मोटरसाइकल र्‍यालीमा प्रधानमन्त्री र गृहमन्त्री विरुद्ध नाराबाजी गरिएको थियो। र्‍यालीमा राप्रपा तथा हिन्दुवादी नेता–कार्यकर्ताहरूको बृहत् सहभागिता रहेको आयोजकले जनाएको छ। राप्रपाले सरकारको विरुद्ध आगामी दिनमा थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने संकेत गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम
Uncategorized

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम

जेष्ठ ३०, २०८३
मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न
Uncategorized

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

जेष्ठ २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व