सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ।

२०८१ असोज ०४ गते (शुक्रबार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी , बागमती र कर्णाली प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Mahakali Polytechnic

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

World Link Ads

२०८१ असोज ०५ गते (शनिबार)

Sana Kishan

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०८१ असोज ०६ गते (आईतबार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा पहाडी भू-भागका भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

कोशी , बागमती र कर्णाली प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.