सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्व वातावरण दिवसको अवसरमा उत्थानशील युवा सञ्जालद्वारा वृक्षारोपण

कञ्चनपुर – कञ्चनपुरमा विश्व वातावरण दिवस-२०८१ को अवसरमा वृक्षारोपण गरिएको छ। उत्थानशील युवा सञ्जालको आयोजना तथा डीसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को सहयोगमा “हाम्रो भुमि, हाम्रो भविष्य” भन्ने विश्वव्यापी नाराका साथ वृक्षारोपण गरिएको हो।

भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले भीमदत्त नगरपालिकास्थित भीम वाटिकामा वृक्षारोपण गरेको छ भने, दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले दोधारा चाँदनी नगरपालिका बाबाथानस्थित कमलसा बाबाको मन्दिर र इलाका प्रहरी कार्यालयमा पुष्परोपण गरेको छ। त्यसैगरी सञ्जालले दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा गाँजा नष्ट गरेको छ।

दिवसको अवसरमा डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत भीम प्रसाद कंडेलले मानिसले नै वातावरणलाई प्रदुषित वा असंतुलित बनाई राखेको बताउनुभयो। मानिसहरूले आफ्नो स्वार्थका लागि वन फडानी गरेर वातावरणलाई असंतुलित बनाईराखेको बताउनुभयो।

Mahakali Polytechnic

उहाँले आज वातावरण दिवसको अवसरमा जलवायुको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण गरिएको बताउनुभयो। उहाँले स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउनमा जोड दिनुपर्ने तर्क गर्नुभयो।

 

World Link Ads

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले वातावरणीय असंतुलनको प्रभाव जनजीवनमा प्रत्यक्ष रूपमा परेको बताउनुभयो। उहाँले वातावरणीय प्रभावको चपेटामा परेका अहिलेको भुमिलाई पुनर्स्थापित गर्नुपर्ने बताउनुभयो। हामिले हाम्रो भुमि हाम्रो भविष्य भन्ने नारालाई आत्मसाथ गर्दै अहिलेको भुमि वा वातावरणभन्दा उत्तम भुमि तथा वातावरण हाम्रो भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले पृथ्वीमा हाम्रो नकारात्मक प्रभावलाई कम गरि सकारात्मक परिवर्तनहरू गर्नका लागि नेपाल राष्ट्रिय समाज कल्याण संघ सबै सरोकारवाला निकायहरूसँग हातेमालो गर्न तत्पर रहेको बताउनुभयो।

 

Sana Kishan

सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका वातावरण विज्ञान विषयका प्राध्यापक तर्कराज जोशीले मानिसहरूले आफ्ना क्रियाकलापहरू गर्दा वातावरणलाई वेवास्ता गर्ने गरेको बताउनुभयो। उहाँले यसले तत्काल असर नगरेपनि भविष्यको पुस्तालाई भयावह अवस्था पुऱ्याउने बताउनुभयो। अहिले विकासका नाममा विनास भइरहेको तर्क गर्दै उहाँले स्थानीय स्तरबाटै हरेक वातावरण मैत्री विकासका लागि कार्यविधि बनाएर त्यसलाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

 

कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर १८ र ११ का अध्यक्ष तथा सदस्यहरू, उत्थानशील युवा सञ्जालका सदस्यहरू साथै विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।

संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ। सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरू गरिएको हो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.