Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिहान सबेरै खाली पेटमा नखानुहोस् यी ४ चिज

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ५, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

उठ्ने बित्तिकै धेरै मानिस खाली पेटमा चिया वा कफी पिउन थाल्छन् । कतिलाई जुस पनि पिउन मनपर्छ । यदि तपाईं पनि यसो गर्नुहुन्छ भने होसियार किनकि यी कुराले तपाईंको दिन बिगार्न सक्छ ।

राती सुतेपछि हाम्रो पेटमा पाचन प्रक्रियाले ढिलो काम गर्ने भएकोले बिहान खाली पेटमा हाइड्रोक्लोरिक एसिड बढी हुन्छ । यस्तो स्थितिमा केही खानेकुराले यो एसिडलाई बढाउने काम गर्छ । केही खानेकुराले पेटमा हाइड्रोक्लोरिक एसिडलाई थप बढाउने काम गर्छ जसका कारण पेटमा अत्यधिक ग्यास, एसिडिटी, ब्लटिङ आदिको समस्या बढ्ने गर्छ । यसले गर्दा तपाईंको स्वास्थ्यलाई नकारात्मक असर पार्न सक्छ ।

हामी आज हामी तपाईंलाई खाली पेटमा खान नहुने केही खानेकुराबारे जानकारी दिँदै छौँ ।

१. सोडा वा कोल्ड ड्रिङ्क

सोडा वा कोल्ड ड्रिङ्क्सले पेटको ग्यास वा एसिडिटी कम हुन्छ भनेर धेरैले सोच्ने गर्छन् तर खासमा यी पेय पदार्थले ग्यासको समस्या बढाउँछ । त्यसैले तपाईंले बिर्सेर पनि खाली पेटमा सोडा वा कोल्ड ड्रिङ्क खाने गल्ती नगर्नुहोस् ।

२. सिट्रस फलफूल

कतिपयले बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला सुन्तला खाने गर्छन् । तर बिहान खाली पेटमा यो सिट्रस फल खाँदा तपाईंको पूरा दिन खराब हुनसक्छ किनभने सुन्तलाले पेटमा ग्यास र एसिडलाई बढाउँछ जसले समस्या निम्त्याउँछ । कागती, सुन्तला, अङ्गुर आदि सिट्रस फल हुन् । बिहान खाली पेटमा सुन्तला खाँदा पेटमा एसिडको मात्रा बढी हुन्छ । जसका कारण पेट फुल्ने र दिनभरि असहज हुने गर्दछ ।

३. कफी

टाइम्स अफ इन्डियाको समाचार अनुसार, धेरै मानिसले आफ्नो दिन कफीबाट सुरु गर्छन् । कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ । त्यसैले खाली पेटमा यसको सेवन गर्दा तपाईंको पूरा दिन खराब हुनसक्छ । कफी पिएपछि पेटमा अत्यधिक मात्रामा हाइड्रोक्लोरिक एसिड बन्न थाल्छ । बिहान खाली पेटमा पहिले नै हाइड्रोक्लोरिक एसिडको मात्रा बढी हुन्छ । यसको अर्थ यसले ग्यास र एसिडिटीलाई बढाउँछ र ग्यास्ट्रिकको समस्या बढाउन सक्छ ।

४. मसालेदार खानेकुरा

बिहान खाली पेटमा मसालेदार खाना खानु हुँदैन । यसले पेटमा ग्यास र एसिडिटीलाई बढाउँछ जसले स्वास्थ्यमा समस्या निम्त्याउँछ । मसालेदार खानाले पेट त फुलाउँछ नै आन्द्राको लाइनिङमा घाउ बनाउन थाल्छ । त्यसैले बिहान मसालेदार खाना नखाएकै राम्रो । रातोपाटी बाट साभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व