सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अन्तर विद्यालय प्रादेशिक गणित प्रतियोगितामा कञ्चनपुरको इन्टरनेशनल पब्लिक स्कुल प्रथम

महेन्द्रनगर । धनगढीमा सम्पन्न भएको अन्तर विद्यालय प्रादेशिक गणित प्रतियोगितामा कञ्चनपुरको महेन्द्रनगर स्थित इन्टरनेशनल पब्लिक स्कुल प्रथम भएको छ ।

 

ऐश्वर्या विद्या निकेतन तथा नेपाल गणित समाजद्वारा धनगढीमा आयोजित अन्तर विद्यालय प्रादेशिक गणित प्रतियोगिता २०८१ मा इन्टरनेशनल स्कुल प्रथम भएको हो ।

 

स्मरण रहोस यो विद्यालय एसईई परीक्षामा सुदूर पश्चिममै सात पटक प्रथम भइ नेपाल सरकारबाट क्षेत्रीय विद्या शिल्डबाट पुरस्कृत भएको र एसईई बोर्ड २०७२ को परीक्षामा समेत यस विद्यालयका छात्र सुभाष लामिछानेले तेस्रो स्थान प्राप्त गरेको उल्लेखनीय उपलब्धि रहेको छ ।

 

त्यस्तै स्थानीय देखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरुमा आफ्नो सहभागिता र सफलताको बर्चस्व कायम गर्दै आएको यस बिद्यालयले मुलुकमै शिक्षा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

 

Mahakali Polytechnic

साथै गणित विषयका सिनियर शिक्षकहरु नगेन्द्र कलौनी र गोबिन्द गिरीमा कलौनीलाई गत वर्ष २०८० को राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने नेपाल सरकारले घोषणा गरेको छ ।

 

World Link Ads

संस्कार सहितको गुणस्तरिय शिक्षा दिदै आएको यस विद्यालयले २ वर्ष अघि २०७९ मा आफ्नो रजत जयन्ती मनाएको छ ।

 

Sana Kishan

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी लिलाध्वज बस्नेत र सञ्चालक समितिको अध्यक्ष गौराज बहादुर लिम्बू रहेको यस विद्यालयको प्रीन्सिपलमा राजेन्द्र भट्ट र प्रमुख सञ्चालकमा गणेश बोहरा रहेका छन् ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.