सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचनबारे उत्कृष्ट टिकटक बनाउनेलाई आयोगले ५० हजार रुपैयाँ दिने, यस्ता छन् शर्तहरु

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ।

निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडिओ बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडिओलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। यसअघि शनिबार नै आयोगले चुनावसम्बन्धी गीत सामाजिक सञ्जालमा राखेको थियो। उक्त गीतबारे तीव्र आलोचना भएपछि उक्त गीतको भिडिओ अहिले हटाइएको छ।

टिकटक भिडिओ प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको भिडिओ बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ। आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडिओलाई जनही रू ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ। उनीहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ।

World Link Ads
Mahakali Polytechnic

त्यसका लागि आयोगले केही सर्तहरू पनि राखेको छ। आयोगका सर्तहरू यस्ता छन्।

१. भिडिओ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनु पर्नेछ।

२. भिडिओ संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ। आफ्नै मौलिक अडियो र अभिनय भएको भिडिओलाई प्राथमिकता दिइनेछ।

३. भिडिओ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ।

Sana Kishan

४. निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीलगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडिओ बनाउन सकिनेछ।

५. कुनै एक व्यक्तिले एउटा विषयमा ५ वटासम्म भिडिओ पठाउन सकिने छ। साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको ५ वटासम्म भिडिओ स्वीकार गरिनेछ।

६. प्राप्त भिडिओहरूमा आयोगको अधिकार रहनेछ। भिडिओ सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यमबाट प्रचारप्रसार र प्रसारणको निम्ति उपयोग गर्नेछ।

७. तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडिओहरू स्वीकार गरिने छैन।

८. उत्कृष्ट भिडिओको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ।

९. उत्कृष्ट भिडिओहरूमध्ये छनोट समितिको सिफारिसमा रु. ५०,०००।– (पचास हजार) पुरस्कार र प्रसंशापत्र प्रदान गरिनेछ।

१०. भिडिओ २० सेकेन्डदेखि १ मिनेटसम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ।

११. आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडिओहरूमा पनि टिकटक निर्माण गर्न सकिनेछ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.