सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त -११ मा  निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -११ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। भीमदत्त नगरपालिका -११ वडा कार्यालयको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।   शिविरमा १५०  जनाले स्वास्थ्य परीक्षण गराएका छन्। 

बिहीबार वडा कार्यालय परिसरमा भएको शिविरमा नाक, कान घाँटी, दन्त तथा मुख, स्त्रीरोग र जनरल फिजिसियन सेवा सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको भीमदत्त -११ का वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिएका छन्। गर्मीको समयमा विभिन्न रोगहरू लाग्ने सम्भावना हुने हुँदा वडाका नागरिकहरूको स्वास्थ्य जाँच गराउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको उनको भनाई रहेको छ। साथै आगामी दिनमा पनि वडामा स्वास्थ्य सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्न तत्पर रहने उनले बताएका छन्।

उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरूको सहभागिता थियो।  साथै स्वास्थ्यमा समस्या देखिएकालाई चिकित्सकको सल्लाह बमोजिम नि:शुल्क औषधी समेत वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

Mahakali Polytechnic

 

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.