सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला फुटबल प्रतियोगिता : तेस्रो दिन दुई खेल सम्पन्न

कञ्चनपुर – कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन रहेको जिल्ला फुटबल प्रतियोगिताको तेस्रो दिन एक बराबरी र एक टिमले विजयी सुरुवात गरेको छ।

आज बुधबार दुई खेल सम्पन्न भएका छ्न्। पहिलो खेल डिफेन्डिङ च्याम्पियन क्लब दीप ज्योति युवा क्लब र निङ्गलाशैनी विकास बिच बिहान ९ बजे भएको खेलमा दुबै टिमले १-१ गोलको  बराबरी खेल्दै समान एकएक अंक बाडेका छन् ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

 प्रतियोगिता तेस्रो दिन दोस्रो खेल सेक्युर्ड नेपाल र अरनिको युवा क्लब बिच अपरान्ह ४ बजे भएको थियो। सो खेलमा सेक्युर्ड नेपालले ४-१ गोलको अन्तरले अरनिको क्लब लाई हराउँदै विजय सुरुवात गरेको छ। सेक्युर्ड नेपालले पहिलो जित निकाल्दै ३ अङ्क जोडेको छ।

Sana Kishan

प्रतियोगिता चौथो दिन भोलि तीन खेल हुने छन्। पहिलो खेल बिहान ९ बजे त्रिपुरा युवा समाज र महेन्द्रनगर युनाइटेड बिच प्रतिस्पर्धात्मक खेल हुने छ। उक्त दिनको दोस्रो खेल बिहान ११ बजे कञ्चन समाज र रोयल गोर्खाज स्पोर्ट्स सर्कल बिच हुने छ। भने अन्तिम अर्थात चौथो दिनको अन्तिम तेस्रो खेल आदर्श नेपाल र राम युवा क्लब पुनर्वास बिच अपरान्ह ४ बजे कडा प्रतिस्पर्धात्मक खेल हुने प्रतियोगिता संयोजक नितेश रावलले बताएका छन् । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.