सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोस्रो मेयर कप डे-नाइट टि-१० क्रिकेट प्रतियोगिता : फाइनलमा भीमदत्त -०८ र भीमदत्त -०६ (बी) बीच प्रतिस्पर्धा हुँदै

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -११ गड्डाचौकीमा जारी दोस्रो मेयर कप डे-नाईट टि-१० क्रिकेट प्रतियोगितामा आईतबार सेमिफाइनलका २ खेल सकिएसँगै फाइनल पुग्ने टिमको टुङ्गो लागेको छ।

हिजो भएको खेलबाट भीमदत्त -०८ ले भीमदत्त -०९ लाई १० विकेटले हराँउदै फाइनलमा प्रवेश गरेको हो। उक्त खेलका प्लेयर अफ द म्याच नवीन धामी हुन् सफल भएका थिए।

त्यसैगरी भीमदत्त -०६ (बी) र भीमदत्त -१३ को खेलबाट भीमदत्त -०६ (बी) फाइनलमा प्रवेश गरेको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

भीमदत्त-१३ ले खेलको समयमा अम्पायरको निर्णय नमानेर तथा खेलको आचारसंहिता उल्लंघन गरेको हुँदा भीमदत्त -१३ लाई खेल बाहिर गरिएको आयोजकले जनाएको छ। 

Dirghayu Ads

फाइनलका लागि आज भीमदत्त -०८ र भीमदत्त -०६ (बी) बीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ ७:३० बजे सिद्धनाथ अमर माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु हुनेछ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.