Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मानिस दुइटा संसारमा बाँचिरहेको हुन्छ ….

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २३, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिरेन्द्र सिह साउद, कञ्चनपुर – मानिस दुइटा संसारमा बाँचिरहेको हुन्छ। एउटा भौतिक संसार हो। जसलाई बाहिरी संसार पनि भनिन्छ । जुन संसार लाई हाम्रो आँखाले देख्न सकिन्छ । यो सुख भोगी संसार हो, जहाँ सुखका स्रोत साधन विज्ञानले आविष्कार गरेको हुन्छ ।जहाँबाट सुखका साधनहरू हरू प्राप्त हुन्छन् । ती सुखका साधनहरू लाई प्राप्तिका लागि धनको अति आवश्यक हुन्छ।

यदि यो बाहिरी वा भौतिक संसारमा धन छैन भने यी कुराहरू प्राप्त गर्न सकिदैन दुर्लभ भइदिन्छन्। हो मानवीय जीवनमा यो संसारको धेरै महत्त्व छ ।किनभने हरेक मानवले आफ्नो जीवनलाई सुखी र समृद्धि बनाउन चाहन्छ । मानव जीवित प्राणी भएकाले ऊ जीवनभर बाच्न चाहन्छ र जीवित रहिरहुन्जेल सम्म सुख र समृद्धि चाहन्छ। त्यसैका निमित्त मानिस धनको पछि पछि दिनरात भागिरहेका, कुदिरहेका हुन्छ। त्यसै गरि मानिसको अर्को संसार धेरै व्यक्तिका लागि नभइ नहुने र धेरैले भौतिक संसार त्यागी अर्को संसारमा रमाइरहेका हुन्छ। त्यो दोस्रो संसार भनेको अभौतिक संसार जसलाई मानवको भित्री संसार पनि भनिन्छ।

जुन मानवको भित्र हुन्छ। जुन संसार बुद्धि ,मन, चित्त ,अहंकार र चेतनाबाट बनेको हुन्छ। जहाँबाट मानिसले मानसिक शान्ति ,शक्ति ,माया प्रेम, आत्मीय ज्ञान, मुक्ति प्राप्त गर्दछ। जसका लागि धनको आवश्यक हुँदैन । भित्री संसारका कुराहरू धनले प्राप्त गर्न सकिदैन। बस सत्कर्म, सत वचन र सद्भाव का साथसाथै ज्ञान, ध्यान ,जीवन जिउने कला र समझ चाहिन्छ । यो भित्री संसारमा पनि ठूलाठूला धार्मिक गुरुहरू छन सन्त, महन्त, त्यागी, योगी आदि , जसले यस भित्री संसारको वास्तविकताको यथार्थ चित्रण लाई बाहिर ल्याउन सफल भएका छन्।

भौतिक र अभौतिक संसारका फाइदा र बेफाइदाहरू लाई प्रष्ट पारेका छन्। जसरी बाहिरी संसारमा धन कमाउने र धनी बन्दै जाने होडबाजी चलिरहेको छ त्यसैगरी भित्री संसारमा पनि साधना गरेर आत्मा लाई परमात्मा सँग जोडी ठूलाठूला आध्यात्मिक कुराहरू अदृश्य ज्ञानबाट ज्ञानगुन का विषयहरू उजागर गर्ने होडबाजी चलिरहेको छ। आजको युग विज्ञान र प्रविधिको युग हो। विश्वव्यापिकरणको युग हो ।आज व्यक्ति ले आफ्नो सन्तुष्टिको लागि वा आफ्ना इच्छा, आकांक्षा, आवश्यकता र सपनाहरू पूरा गर्न धन भएमात्रै परिपूर्ति हुन्छन।

त्यसैले विश्वमा धनी बन्ने होडबाजी भइरहेको देखिन्छ ।अर्को विषय भित्री संसारको यो अदृश्य, अचम्म ,धेरैले विश्वास नै गर्दैनन् र विश्वस्त पार्न पनि त्यति सहज छैन ।किनकि यसमा गहन समाधि र साधना आवश्यक छ। जुन अद्भूत छ यो लोकमा देखिदैन । जहाँ आत्मा लाई परमात्मा सँग जोडिन्छ र जुन आध्यात्मिक अदृश्य हुन्छ। यदि बुझ्नसकेमा अभौतिक संसार वाट भौतिक संसार सहजै प्राप्ति गर्न सकिन्छ तर भौतिक संसार बाट अभौतिक संसार कदापि प्राप्ति गर्न सकिदैन ।

अन्तमा :- मेरो बिचारमा मानिसका लागि दुवै संसारको आवश्यकता छ जस्तो लाग्छ। किनभने मानिस एउटा परिवर्तनशील प्राणी हो ऊ बाच्न चाहन्छ त सुखी र समृद्ध भएर जसका लागि धन चाहिन्छ जुन बाहिरी संसारमा पाइन्छ ।अर्कोतर्फ मानिसका लागि ज्ञान ध्यान चिन्तन मनन तप शान्ति पनि आवश्यक छ ।जुन भित्री संसार बाट सम्भव त्यसैले दुबै संसार लाई चेक एण्ड ब्यालेन्स वा सन्तुलन मिलाएर जीवन जिउनु नै सफल जीवन जिउनु हो।  

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व