Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्वस्थानीको खास सन्देश

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १२, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
नेपाली समाजमा श्रीस्वस्थानीको व्रत चलिरहेको छ। महिनाभर स्वस्थानी व्रत विधिअनुसार एक छाक खाएर मध्याह्नकालमा श्रीमहादेव र स्वस्थानी परमेश्वरीको पूजा गरी व्रत बस्ने काम भइरहेको छ। फलतः विधिपूर्वक व्रत बस्ने वा नबस्नेले पनि माघशुक्ल पूर्णिमामा स्वस्थानीको विशेष पूजा आराधना गर्दैछन्। यसरी स्वस्थानी व्रत चलिरहँदा समाजमा विभिन्न किसिमका तर्कवितर्क चलिरहेछन्।
मूलतः स्वस्थानी व्रतले महिला हिंसालाई प्रश्रय दियो, पुरुषवादी सोचले लेखिएको कथा किन अहिलेका महिलाले किन पढ्ने ? पुरुषवादी सोचको व्रतलाई किन निरन्तरता दिने ? लगायतका प्रश्न उठेका छन्। व्रत स्वस्थानीको भन्ने गरिए पनि महिनाभरि महादेवको पूजा गर्ने गरेको अर्थात् महिलाको नामको व्रत भए पनि पुरुषकै पूजा भएको एकथरीको भनाइ छ। आफूलाई आधुनिक देखाउन विभिन्न प्रसंग उठाएर तर्क गरे पनि सनातन हिन्दु धर्ममा महिला र पुरुषलाई बराबर मान्यता दिएको बुझिन्छ। यसमा व्रतालु महिनाले पौष शुक्लपूर्णिमाको दिन बिहानै हातखुट्टाको नङ काटेर, स्नान गरी चोखो लुगा लगाएर मध्याह्नमा महादेवको पूजा गरी व्रत सुरुवात गर्छन्। माघ शुक्लपूर्णिमासम्म व्रत अवधिभर व्रतालुले एक छाक चोखो खाई १०८ पान, १०८ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ।
व्रत समाप्तिको दिन ती रोटी, पानसुपारी श्रीमान्, नभए छोरा, नभए मितछोरा, उनी पनि नभए मेरो इच्छा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी आफूले खाने चलन छ। यसरी स्वस्थानीको व्रत बस्नाले सुख, शान्ति र समृद्धि मिल्नुका साथै रोगव्याधि पनि नष्ट हुने विश्वास गरिन्छ। अतः काठमाडौंको उत्तर–पूर्व रहेको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अंगपतन भएको मानिने धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ। ती स्थानहरूमा एक महिनाभर मेला पनि लाग्छ।
स्वस्थानी भगवतीको व्रत, पूजा र कथा नेपालीको घरघरमा गरिन्छ। नेपाल बाहिर गएका प्रत्येक नेपालीले पनि एउटा परम् पवित्र सांस्कृतिक, धार्मिक, पारिवारिक, पारस्परिक पर्वको रूपमा मनाइने स्वस्थानी व्रतकथा हो। यो नेपालमा स्वस्थानी माताको पूजाको ठूलो महत्त् छ। अखण्ड सौभाग्य, उत्तमपति, ऐश्वर्य एवम् शिवशक्तिको कृपा पाउन स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ। स्वस्थानीको पूजा ठूलो उत्साह, उल्लास र समारोहका साथ गरिन्छ। यो स्वस्थानी भगवतीको व्रतकथामा जम्मा ३१ अध्याय छन्। यसमा पनि प्रतिदिन एक अध्यायलाई नियमपूर्वक कथा भन्ने र सुन्ने गरिन्छ। यो कथा एक महिनामा सक्नुपर्छ। यो नसकिएमा कुनै दिन दुई–दुई अध्याय भनेर पनि सक्नुपर्छ।
स्वस्थानी व्रतको कथामा शिव शर्मा र ब्राह्मण र उनकी ब्राह्मणी सती नामकीलाई कुनै सन्तान नहुँदा दुःखी भएकोमा उनको पुण्यले त्यहाँ आइपुगेकी यौटी गाईको गोबरमा रूपवती कन्या उत्पन्न भइन्। तिनको गोमा नाम राखेर शिव शर्माले पाले र ठूली भएपछि सन्न्यासी भेषमा आएका भगवान् शिवलाई तुरुन्त भिक्षा नदिँदा ८० वर्षको बूढो तेरो पति होस् भन्ने श्राप पाइन्। त्यस्तै भयो र वृद्धबाट गोमाको गर्भमा पुत्र रह्यो।
वृद्ध पति एक महिनाको अवधि राखेर विदेश गएकोमा उतै बितेछन्। गोमाले छोरो पाइन् र उनको छोराको नाम नवराज राखियो। छोरा ठूलो भएपछि पिताजी कहाँ जानुभयो भनेर सोधेकोमा गोमाले सबै वृत्तान्त बताइन्। छोरा पितालाई खोज्न हिँडे र मरेको थाहा पाएर किरिया गरेर फर्के। उता गोमाले ऋषिहरूको उपदेशले स्वस्थानी भगवतीको मेरो छोरो चाँडै फर्कोस् भनेर पूजा व्रत गरिन्। नवराजले पनि भगवान् शिवको स्तुति गरेर राज्य पाउने वरदान पाए। घर फर्केर आएपछि पूर्वविवाह गरिएकी पत्नीलाई आमा छोडेर कमाउन भनी गएका नवराजले लावण्यपुरीको राज्य त्यस देशको हात्तीले फूलमाला लगाइदिएकाले राज्य पाउने नियमले पाए। आमालाई बोलाए।
नवराजले अर्को विवाह गरे। उनकी प्रथम पत्नीले उनकी आमालाई छाडेर माइत गएर बसेकी थिइन्। बोलाउन पठाएकोमा स्वस्थानीको निन्दाले कुष्ठी भएर भुइँमा खसेर बसिन्। पछि स्वस्थानीको पूजाले स्वस्थ भइन् र पुनः पति प्राप्त गरिन्। यो कथामा स्वस्थानी भगवतीको वर प्रसादले नवराजकी प्रथम पत्नीले पनि पहिला भगवतीको निन्दा र अपमानले कुष्ठरोगयुक्त भएकी थिइन् र पछि उनै भगवतीको व्रत र पूजाले पुनः स्वस्थान आफ्नो स्थान पाइन्। त्यसो हुँदा स्थान च्यूत व्यक्तिले स्वस्थान प्राप्त गर्न स्वस्थानीकै व्रत र पूजा गर्नुपर्छ भन्ने तथ्य पाइन्छ।
यसरी हिन्दु समाजमा स्वस्थानीको व्रतकथा सम्पूर्ण कामनालाई पूर्ण गर्नेवाला व्रतकथा हो। यसको प्रभावले यस लोकमा र स्वर्गलोकमा पूज्य स्थान प्राप्त गर्न सकिन्छ। त्यसैले स्वस्थानी कथाजस्ता आफ्ना धार्मिक कृत्य गर्न छोड्न हुन्न। समग्रमा भन्नुपर्दा, नेपाली समाजमा स्वस्थानीको महिमा ठूलो र महत्त्पूर्ण छ। जसकारण घरघरमा स्वस्थानी माताको विधिपूर्वक पूजा आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरी माघशुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत एवम् पूजा गर्ने परम्परा छ।
स्वस्थानी माहात्म्यको पूर्वभागमा दक्ष प्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्ष प्रजापतिले आफ्ना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गरेको प्रसंग छ। मध्यभागतिर हिमालय पर्वतकी पुत्री पार्वतीको रूपमा पुनर्जीवन लिएकी सतीदेवीले स्वस्थानीको व्रत गरेको प्रभावले महादेवलाई नै पतिको रूपमा प्राप्त गरेको प्रसंग पनि छ। स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले दुई बुहारी चन्दावती र लावण्यवतीलाई विभिन्न उपदेश गरी ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट नेपाली समाजमा पनि नयाँ पुस्तालाई मौका दिइनुपर्ने सन्देश पाइन्छ। समग्रमा स्वस्थ समाज बन्ने दृष्टान्त दिन खोजेको पाइन्छ। विश्वनाथ खरेलले अन्नपूर्ण पोस्टमा लेखेका छन्। 
सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व