नारी त गुणी हुनुपर्छ, सहनशील हुनुपर्छ
उँचो आवाज सुहाउन्न तिमीलाई,
नारीको स्वर त सुमधुर हुनुपर्छ
घरबाहिर नजाऊ तिमी , समाजले डुलुवा भन्छ
हाँस्नु हुन्न जोडले तिमीमा त सानो मुस्कान सुहाउँछ।
पढेर के पो हुने हो, जब भोलि श्रीमानकै सेवा गर्नु छ
छोराले पढेर भोलि घर चलाउनुछ
तिमीलाई श्रीमानले कमाएर दिइहाल्छ
परमेश्वरले जे गरेनी चुप लाग्नु तिमी ,
किनभने नारीकै हातमा घरको इज्जत हुन्छ।
महिलाले मत राख्न पाउने,
तर किन अन्तिम निर्णय सधैँ पुरुषकै हुन्छ
छोराले सानोतिनो काम गरेनी घरको इज्जत बढ्छ
कुनै बिदा बिना हरदिन कामै गर्ने महिला
आजीवन बेरोजगार कहलाउँछ
अन्धो होकी निर्दयी हो यो समाज
जसले यस्ता विधिविधान बनाउँछ
– राधा जोशी









Discussion about this post