Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनप्याब्सन खेलकुद महोत्सवको पहिलो दिन : मर्निङ ग्लोरी र आदर्श ३-३ स्वर्ण सहित अग्रस्थानमा

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ ४, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित कभर्ड हलमा जारी १६ औं एनप्याब्सन खेलकुद महोत्सवमा पहिलो दिन माध्यमिक र आधारभुत तहमा विभिन्न खेलहरू सम्पन्न भएका छन्।  बुधबार पहिलो दिन माध्यमिक र आधारभुत तहमा लङ्गजम्प, सटपुट, १०० मिटर दौड र  ४ सय मिटर दौड लगायतका खेलहरू सम्पन्न भएका खेलकुद संयोजक बलदेव भट्टले बताएका छन्। 

जसबाट माध्यमिक तह ‘क’ अन्तर्गत छात्र सटपुटमा मर्निङ् ग्लोरी सेकेन्डरी स्कुलका प्रशान्त चन्द प्रथम, भुवनेश्वरी विद्या मन्दिरका सुरज सिंह बुढा द्वितीय र सार्क एजुकेशनका युसान पनेरू तृतिय स्थान प्राप्त गर्न सफल भएका छन् भने छात्रा सटपुटमा भुवनेश्वरी विद्या मन्दिरकी पल्लवी नाथ प्रथम, एस पब्लिक सेकेण्ड्री स्कुलकी ऋतिका भट्ट द्वितीय र रोजी एक्सक्लुसिभ स्कुलकी शिखा चन्दले तृतिय स्थान प्राप्त गरेको छ। 

माद्यमिक तह ‘ख’ अन्तर्गत छात्रा सटपुटमा भुवनेश्वरी विद्या मन्दिरकी अर्चना चन्द प्रथम, आदर्श विद्या निकेतन महेन्द्रनगरकी प्रिया डंगौरा द्वितीय र मर्निङ् ग्लोरी सेकेण्ड्री स्कुलकी संध्या रोकायाले तृतिय स्थान हात पारेको छ भने माद्यमिक तह ‘ख’ छात्र सटपुटमा मर्निङ् ग्लोरी सेकेण्ड्री स्कुलका खगेन्द्र महरा प्रथम, रेडियन्ट माविका हरिष साउँद द्वितीय र लिटिल बुद्ध एकेडेमीका नविन लुहार तृतिय स्थान प्राप्त गर्न सफल भएका छन्।

May be an image of text

त्यसैगरी माद्यमिक तह ‘ख’ अन्तर्गत छात्र १०० मिटर दौडमा आदर्श विद्या निकेतनका आसिष महर प्रथम, लिटिल बुद्ध एकेडेमीका अनिस साउँद द्वितीय र अनिरुद्र सेकेण्ड्रीका राजेश सार्की तृतिय भएका छन् भने छात्रा अन्तर्गत आदर्श विद्या निकेतनकी भुमिका चन्द प्रथम, भुवनेश्वरी विद्या मन्दिरकी गरिमा भट्ट द्वितीय, रोजी एक्सक्लुसिव स्कुलकी लक्ष्मी भट्ट तृतिय स्थान प्राप्त गर्न सफल भएकी छन्। 

माद्यमिक तह ‘ख’ अन्तर्गत छात्रा ४०० मिटर दौडमा आदर्श विद्या निकेतनकी रिता धामी प्रथम, रोजी एक्सक्लुसिव स्कुलकी करिश्मा चन्द द्वितीय र लिटिल बुद्ध एकेडेमीकी उर्मिला धामीले तृतिय स्थान हात पारेको छ भने छात्र ४०० मिटर दौडमा मर्निंङ ग्लोरी सेकेण्ड्री स्कुलका राजेन्द्र जोशी प्रथम, रोजी एक्सक्लुसिव स्कुलका ईश्वर रोकाया द्वितीय र लिटिल बुद्ध एकेडेमीका प्रितम राना तृतिय स्थान भएका छन्।

त्यसैगरी आजै भएको आधारभुत तह ‘क’ अन्तर्गत छात्र लङ्जम्पमा वाटिका ईन्टरनेसनल बोर्डिङ् स्कुलका अमित लुहार प्रथम, पब्लिसिटी डिजाइन स्कुलका आशिष गुरुङ द्वितीय र ग्वाल्लेक सेकेण्ड्री स्कुलका रोहित डंगौराले तृतिय स्थान हात पारेका छन् भने छात्रा लङ्जम्पमा अनुपम एजुकेसनल एकेडेमिकी शृष्टी बोहरा प्रथम, नवज्योति पब्लिक स्कुल बेलडाँडीकी मनिषा साउँद द्वितीयदितय र युनाइटेड पब्लिक सकेण्ड्री स्कुलकी दिपिका चौधरीले तृतिय स्थान हात पारेको छ। 

आधारभुत तह ‘ख’ अन्तर्गत छात्र लङ्जम्पमा नवज्योति स्कुल बेलडाँडीका सुदुर्शन लुहार प्रथम, भेनस एकेडेमीका शंकर रैकाल द्वितीय र फ्लोरिडा ईन्टरनेशनल बोर्डिङ स्कुलका विशाल सुनार तृतिय भएका छन् भने छात्रा लङ्जम्पमा जन्जयोति सेकेण्ड्री स्कुलकी अस्मिता साउँद प्रथम, महाकाली मोडर्न पब्लिक स्कुलकी अंकिता बिष्ट द्वितीय, र ग्वाल्लेक सेकेण्ड्री स्कुलकी प्रतिक्षा भट्टले तृतीय स्थान प्राप्त गरेको छ। 

पहिलो दिनको खेलमा मर्निङ ग्लोरी सेकेण्ड्री स्कुल र आदर्श विद्या निकेतन ३-३ स्वर्ण सहित अग्रस्थानमा रहेका छन् । भुवनेश्वरी विद्या मन्दिरले २ स्वर्ण प्राप्त गरेको छ भने  अनुपम एजुकेसनल एकेडेमी बन्साहले १ स्वर्ण, वाटिका इन्टरनेसनले १ स्वर्ण, नवज्योति बेलडांडीले १ स्वर्ण र जनज्योति सकेन्ड्री १ स्वर्ण प्राप्त गरेको छ। 

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कञ्चनपुरले आयोजना गरेको खेलकुद महोत्सवमा जिल्लाभरीबाट ५६ विद्यालयको सहभागीता रहेको छ। एनप्याब्सनमा कञ्चनपुरमा जिल्लाभर १ सय ३५ विद्यालय आवद्ध छन् । महोत्सवबाट छनौट विद्यार्थीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने छन् । महोत्सवमा १ सय २८ स्वर्ण, १ सय २८ रजत र १ सय ३६ कास्य पदक समापनमा विजेता विद्यालय र विद्यार्थीलाई वितरण गरिनेछ । 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

अशोज ३०, २०८३
भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व