Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपबारे पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। छानबिनलाई प्रभावकारी बनाउन केन्द्रीय अनुशासन आयोगले बिहीबार छुट्टै ६ सदस्यीय समिति गठन गरेको हो।

महिलाको मर्यादामा आँच पुर्‍याउने शब्द प्रयोग गरिएको र रकम नदिए ज्यान मार्ने धम्की दिइएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले अनुशासन आयोगलाई छानबिन गर्न निर्देशन दिएको थियो।

अनुशासन आयोगका उपप्रमुख तथा अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा गठित समितिमा रामचन्द्र कार्की, सुशीला सिम्खडा, उपेन्द्रनन्दन तिमिल्सिना, सन्तोष आचार्य र सन्तोष विशुंके सदस्य छन्।

समितिको बिहीबार बसेको पहिलो बैठकले घटनासँग सम्बन्धित सामग्री संकलन गर्न सरोकारवाला निकायलाई पत्राचार गर्ने निर्णय गरेको संयोजक भट्टराईले जानकारी दिए। उनका अनुसार सांसद सुनारको लिखित स्पष्टीकरण प्राप्त भइसकेको छ भने सार्वजनिक भएको अडियो तथा अन्य सामग्रीको प्रारम्भिक अध्ययन सुरु गरिएको छ।

समितिले आवश्यक प्रमाण संकलन तथा अध्ययनपछि अनुशासन आयोगलाई प्रतिवेदन बुझाउनेछ। आयोगमा प्रतिवेदनमाथि थप छलफल हुने भट्टराईले बताए।

सुनारले आरोप अस्वीकार गर्दै दिए लिखित जवाफ

रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनारले बिहीबार अनुशासन आयोगसमक्ष लिखित स्पष्टीकरण पेस गरेका छन्। उनले सार्वजनिक भएका आरोपहरू असत्य रहेको र अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरी तयार पारिएको दाबी गर्दै आएका छन्।

पार्टीले छानबिन प्रक्रिया जारी रहँदासम्म सुनारलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्।

अडियो सार्वजनिक गर्ने सञ्चारमाध्यमसँग पनि जानकारी माग

सुनारको भनिएको अडियो जनआस्था साप्ताहिकले सोमबार सार्वजनिक गरेको थियो। छानबिन समितिले अडियो तथा समाचार प्रकाशन र प्रसारणसँग सम्बन्धित सामग्री प्राप्त गर्न जनआस्था साप्ताहिकलगायत सम्बन्धित निकायमा पत्राचार गरेको संयोजक भट्टराईले बताए।

उनका अनुसार आवश्यक परे अडियोमा आवाज सुनिएको भनिएकी महिलासँग पनि थप जानकारी लिइनेछ। समितिले संकलित सामग्री र प्रमाणका आधारमा घटनाबारे थप छानबिन गर्ने जनाएको छ।

छानबिनको अन्तिम निष्कर्ष भने समितिको प्रतिवेदन र अनुशासन आयोगको छलफलपछि मात्र स्पष्ट हुनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने
फ्ल्यास हेडिङ

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता
अर्थतन्त्र

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने
राजनीति

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

अशोज ३०, २०८३
घटस्थापनादेखि साढे ३ लाखभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए

घटस्थापनादेखि साढे ३ लाखभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व