अरु देशमा राज्यले सेवा दिन्छ सुरक्षा दिन्छ
हाम्रो गोली ठोक्छ नागरिकको ज्यान लिन्छ
देश छोड्न पाउँ भनेर आन्दोलन गर्छन् युवा
अपराधी सत्तामा नागरिक खाडीमा देखिन्छ
कहाँ सजिलो छ यो जिन्दगी चलाउन पनि
त्यस्तै यस्तै कर्तुत देखिन्छन् मन बहकिन्छ
आफ्नो भविष्य सकिएकाहरू गर्छन् यस्तै
हेर्दै रमाउछन् कसरी देशको टाट पल्टिन्छ
धर्मानन्द भट्ट









Discussion about this post