Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धनगढीका एक युवकले बनाए रोबोट

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २०, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । धनगढीका एक युवकले रोबोट बनाएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा बस्ने ललित बोहराले उक्त रोबोट बनाएका हुन्। बोहरा सरस्वती माध्यमिक विद्यालय गेटामा कक्षा १० मा अध्ययनरत छन्।

यसै विषयमा सुदूरपश्चिमका चर्चित साइकल राइडर भरत विक्रम शाह (फार्वेस्टर्न राइडर) ले आफ्नो युट्युब च्यानलमा भिडियो सार्वजनिक गरेका छन्। राइडर शाहको भिडियोमा बोहराले बनाएको रोबोट तथा उनले बनाएका आविश्कारकहरू देख्न सकिन्छ।

भिडियोमा बोहराले सानैदेखि बिग्रेका टिभी, रेडियो, टर्च लाइट, खोलेर हेर्ने र बनाउने प्रयास गर्ने गरेको बताएका छन्। उनले भनेका छन् ‘सानैदेखि बिग्रेका टिभी, रेडियो, टर्च लाइट, खोलेर हेर्थे र बनाउने प्रयास गर्थे। कहिलेकाहीँ त नबिग्रेका टर्चलाइट समेत खोलेर हेर्थे अनि घरबाट गाली पाइन्थयो। घरबाट त्यसरी टर्चलाइट बिगार्दा यती गाली मिल्दैछ भने यस्तै गरी मैले पनि बनाउन सक्यो भने धेरै इज्जत र सम्मान पाउने सोच मनमा आउँथ्यो।’

No description available.

सामान्य घरपरिवारमा हुर्केका बोहराकी आमाले आफू पढेका भएतापनि उनलाई उक्त कार्य गर्नको सँधै प्रेरणा दिइराखेको र आमाको हौसला र साथ पाएपछि उक्त कार्य गर्न थफ जोस जाँगर बढेर आएको बोहराले बताएका छन्। २०७२ सालमा धनगढी आएका उनी आर्थिक अवस्था कमजोर हुँदा फर्केर गाउँ जानुपर्ने अवस्था आएको तर एकजना सरले उनलाई पढाइदिने भएपछि आफू धनगढीमै बसेको उनले राइडर शाहसँगको अन्तरवार्तामा बताएका छन्। बोहराले विदेशमा रहेका एकजना सरले यो कार्यको लागी निरन्तर सहयोग गरिरहेका र आफू पढ्ने विद्यालयका सरहरूबाट समेत अचेल साथ र सहयोग मिलिरहेको बताएका छन्।

बोहराले रोबोट निर्माण गर्न प्रोग्रामिङ, मेकानिकल, डिजाइनिङ, इलेक्ट्रोनिक लगायतको ज्ञान लिनुपर्ने बताएका छन्। उनले भनेका छन् रोबोट निर्माण गर्दा प्रोग्रामिङ, मेकानिकल, डिजाइनिङ, इलेक्ट्रोनिक लगायतको ज्ञान लिनुपर्ने हुन्छ यसरी धेरै प्रकारका नलेजहरूलाई एकैमा कम्बाइन गरेर एकखालको प्रोजेक्ट बन्छ जुन हो रोबोट।

उनले अहिले आफूले बनाएको रोबोट सामान्य भएको र आँउदो दिनमा थप बजेट भयो भने रोबोटलाई थप मोडिफाइ गर्न सकिने बताए। उक्त रोबोट तयार गर्न ५ महिना लागेको बोहराले शाहसँगको अन्तरवार्तामा बताएका छन्। रोबोट बनाउन धेरैजसो समान नेपालमा नपाइने र बाहिरबाट मगाउँदा महँगो हुने उनले बताए। त्यसकारण पनि रोबोट बनाउन बढी समय लागेको उनको भनाइ रहेको छ। उक्त रोबोट बनाउन उनका २ जना साथीले समेत सहयोग गरेका थिए। रोबोट ६० हजारको लागतमा तयार भएको छ भने १ लाख ५० हजार सम्म पनि बजेट भयो भने रोबोटलाई झन राम्रो बनाउन सकिने बोहराको भनाइ रहेको छ।

बोहराले बनाएको रोबोट नेपाली, अङ्ग्रेजी र हिन्दी तिन वटै भाषा बोल्न सक्ने र रोबोटले हात, टाउको चलाउन सक्छ भने, शब्द उच्चारण गर्छ। यो रोबोट पाङ्ग्राको मद्दतले हिड्ने गराइएको छ। सानै उमेरबाट रोबोटको सपना बुनेका बोहराको पहिलो सफलता यस वर्ष मात्रै मिलेको थियो। ‘नेपालमै आधुनिक रोबोट बन्छन् भन्ने प्रमाणित गर्ने सोच छ, सकेसम्म मेहनत गर्छु’ बोहराले भने। 

शाहसंगको अन्तरवार्ता हेर्न लिङ्कमा जानुहोस् 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी
मुख्य समाचार

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

भदौ ८, २०८३
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल
फ्ल्यास हेडिङ

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भदौ ७, २०८३
बालेनको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न, ‘सरकारले स्पष्ट पार्नुपर्छ
फ्ल्यास हेडिङ

बालेनको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न, ‘सरकारले स्पष्ट पार्नुपर्छ

भदौ ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

भदौ ८, २०८३
बागमती सफाइ अभियानको ६९३औँ हप्तामा नदी किनारमा ५० बिरुवा रोपियो

बागमती सफाइ अभियानको ६९३औँ हप्तामा नदी किनारमा ५० बिरुवा रोपियो

भदौ ८, २०८३
बागमती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

बागमती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

भदौ ८, २०८३
काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

भदौ ८, २०८३
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

भदौ ७, २०८३
८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

भदौ ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व