स्वैत आतङ्क मचाउछ आफू रमाउछ
भए जति अखडा सत्ता आफै चलाउछ
कस्तो सिद्धान्त हो यो जनता लुटीखाने
यस्तो बुद्धि तिमीलाई कसले सिकाउछ
सरकार नगर यस्ता नालायक हर्कतहरू
होस गर एकदिन पाप धुरीबाट कराउछ
मुलुक कस्तो कुरुप बनायौ तिमीहरूले
छोड्न पाए जनता खुसियाली मनाउछ
चिन्ता लाग्दैन तिमीलाई यस्तो देख्दा नि
मरेको दिन घाटमा पुर्याउन को आउँछ









Discussion about this post