नचाहेर बाँचे कयौं वर्ष एक्लै
म गर्दै छु साथी: संघर्ष एक्लै
नसुल्झिन्छ मेरो पुरानो कहानी
न निस्किन्छ चाडो निष्कर्ष एक्लै
छ जारी बहस् जो चलेको उहिले
म गर्दैर्छु साथी विमर्श एक्लै
छ बानी परेको उहीँ मस्त प्याला
म सम्झिन्छु तिम्रो स्पर्श एक्लै
नलाग्ने भरोसा छ यो जिन्दगीको
कि जाने भयो खै लिई हर्ष एक्लै
– धर्मानन्द भट्ट









Discussion about this post