बैतडी । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ९ स्थित रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालयले एक समारोहका बिच ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०१८ सालमा स्थापना भएको उक्त विद्यालयले आफ्नो दिवस मनाएको जनाइएको छ ।
मंगलबार सम्पन्न उक्त कार्यक्रममा गीत सिद्धेश्वर बाल क्लब एवम् वडा नम्बर ९ स्तरिय बाल सञ्जालकी अध्यक्ष बर्षा भाटको अध्यक्षता रहेको थियो भने पाटन नगरपालिकाका उप-प्रमुख कमल सिंह बोहराको प्रमुख आतिथ्य रहेको थियो।
यस्तै कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बुढा, वडा नं. ८ र १० का वडा अध्यक्षहरु बिशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा सरकारि कार्यालय गैरसरकारी संघ संस्था, छिमेकी विद्यालय, सामुदायिक वनका प्रतिनिधी सहित अभिभावक शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
साविकको सिद्धेश्वर गाविस बालमैत्रि गाबिस घोषणाभए देखि हरेक वर्षको बार्षिकोत्सब कार्यक्रम बालमैत्री वातावरणमा बालबालिकाहरुले मनाउदै आईरहेका छन् ।
कार्यक्रममा अन्तर सदनात्मक सास्कृतिक र हाजिरिजवाफ कार्यक्रम राखिएका थिए । यस्तै विद्यार्थीहरुका थुप्रै अतिरिक्त प्रतिभाहरु पनि समावेश गरिएको थियो । अन्तर सदनात्मक सांस्कृतिक कार्यक्रममा ग्रीन हावस प्रथम, ह्वाईट हाउस द्वितिय र ब्लु हाउस तृतिय भएका थिए भने हाजिरिजवाफ कार्यक्रममा ग्रीन हावस प्रथम, ब्लु हाउस द्वितिय र एलो हाउस तृतिय भएको विद्यालयका प्रधानाध्यपक गणेश प्रसाद भट्टले बताएका छन्।
पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले विद्यालयको समग्र विकासमा सबैले हातेमालो गरेक जानपर्ने, शिक्षक विद्यार्थी अभिभावक बिच सुमधुर सम्बन्ध हुनपर्ने सुझाएका छन् । यस्तै नगर उप प्रमुख कमल सिंह बोहराले विद्यालयको चौतर्फी विकासका लागि सधै सहयोग गर्ने, विद्यालयले रचनात्मक काम गर्दै गईरहेको र जिल्लामै उत्कृष्ट काम गर्दै गईरहेको बताएका छन् ।
शैक्षिक गुणस्तर सुधार, भौतिक व्यवस्थापन, कुशल र सक्षम प्रशासन र दक्ष जनशक्ति उत्पादनका लागि अझ केके गर्दा राम्रो बनाउन सकिन्छ ? केके कुराहरुमा सुधार गर्नु पर्ने देखिन्छ भनेर देश तथा बिदेशमा रहेका आम नागरिकहरुबाट रचनात्मक सुझाव सल्लाह सहयोग र सहभागिता लिनका लागि अनलाईनको माध्यमबाट “आम नागरिकको नजरमा हाम्रो विद्यालय” अभियानको थालनि गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउन भएको छ ।
यस अभियानमा १८ वटा प्रश्नावली बनाएर अनलाईमा राखिएको र उक्त अनलाइनको लिकं खोली सबैले आ आफ्नो राय सुझाव सल्लाह दिन सक्ने विद्यालयले जनाइएको छ । विद्यालय सुधारका लागि अहिलेको प्रविधिको युगमा यो कार्य उत्तम रहेको र यस्ले विद्यालयको सबै पक्षमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ ।