आफ्नै मान्छेले काडा रोपेर हिडेको छ
मलाई लडाउन मौका कुरेर हिडेको छ
कहाँ जान्छ कसैसँग बोल्न फुर्सद छैन

सधैं हतारमा देखिन्छ दौडेर हिडेको छ
तस्करको लस्कर बोकेर यात्रामा छ ऊ

माल पाए जति सबै बटुलेर हिडेको छ
किन सबै छोडेर सन्यासी बनेको भन्छ
साथमा एउटा झोला बोकेर हिडेको छ
जीव हत्या गर्दै आएको मान्छे हिड्दा
बाटोमा ढुङ्गाका मुर्ती ढोगेर हिडेको छ
✍️ धर्मानन्द भट्ट
