के तिमी कसैको याद बार्न सक्छौ र ?
उनले छोडे आफ्नो मन मार्न सक्छौ र ?
थाहा छ अब उनी कहिले आउँदैनन् ।
के यो बुझेर मन खुसि पार्न सक्छौ र ?
भन्छन् नी,
जहाँ उनको खुशी त्यहाँ मेरो छ रे।
के साच्चै तिमी खेल्नु अघि हार्न सक्छौ र ?
पिडा त बुझ्दैनन् , दुनियाँ कसरी जान्ने भयो?
के विना कष्ट व्यर्थ आँशु झार्न सक्छौ र ?
सबै भन्छन् यिनी पनि उनी जस्तै हुन् रे।
के मायालाई नि यताउता सार्न सक्छौ र ?
सक्छौ भने कसरी सक्दैनौ भने किन?
के यो प्रश्नलाई केही गरि टार्न सक्छौ र ?
✍️ बबिता कार्की