सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भूकम्प : तिमी यसरी नआउनु पर्ने

तिमी

यसरी नआउनु पर्ने

एकान्त मध्यरात कुरेर

World Link Ads

अनकन्टार

दुर्गम डाडाहरूमा

गरीबका झुपडी भत्काउन

चिसो रातमा

आमाको न्यानो तापिरहेका

निर्दोष बालकहरू

निस्वार्थ आमाहरू

कहिल्यै

न्यानो हुन नपर्ने गरि

लिएर जान

 

तिमी

यसरी नआउनु पर्ने

मरेकाहरू लाई मार्न

विवश बस्तीहरू तहसनहस पार्न

Sana Kishan

बरु

आउनु पर्ने तिमी

भ्रष्टाचारीहरूका अड्डाहरूतिर

दलालहरूका महलहरूतिर

आतङ्कवादीहरूका बङ्करहरूतिर

नवधनाड्यहरूका दरबारहरूतिर

कठमुल्लावादीहरूका बैठकहरूतिर

 

तिमी

यसरी नआउनु पर्ने

अध्यारोमा बाँचिरहेका

अभाव भोगिरहेका

सरकारद्वारा ठगिएका

विवश बस्तीहरूमा

तवाही मचाउन

विवश मान्छेहरू मार्न

छक्याएर मध्यरातमा

तिमी नआउनु पर्ने यसरी

✍️ धर्मानन्द भट्ट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close