हो तिमीले भनेको कुरा एकदम सहि हो
सारा चिज भएर पनि नभएको त्यही हो
धेरै फरक पार्दो रहेछ नबुझ्नेले भन्छन्
यात्रामा बाटो झुक्किएको कहि कहि हो
अनेक अर्थ लगाउछन् विद्वान मान्छेहरू
थोकमा बुझ्छन् मैले खोजेको जनही हो
सरकार हिम्मतसम्म दिदैन युवाहरूलाई
जरुरी ठान्दैन उसका लागि यो सतही हो
रोइ रहेको जमात भेट्टिन्छ विमानस्थलमा
हेर्नुस् त देशको प्रेमी हो अथवा विरही हो









Discussion about this post