के हाल सोध्छौ साढे साति चलिरहेछ
नाङ्गो त्यो खड्ग मेरो माथि चलिरहेछ ।
भ्रातृत्वको छ कुरा विश्व मेरै हो भन्छौ

छ द्वन्द्वको मौसम यो जाति चलिरहेछ ।
कानुन देशको यो निर्धाहरूका लागि

शासकहरूमा नाना भाँति चलिरहेछ ।
छ मालामाल ठुले यतै उतै सोहोर्छ
सानाहरूको त खै बर्बादी चलिरहेछ ।
चढाई दाम ढोग्ने ती चाटुकार हेर
ढोका अगाडि तिनको ताँती चलिरहेछ ।
✍️ निर्जल गङ्गा
