केवल झल्झली सम्झना आइ रहेछ
भित्ताको त्यो तस्वीर मुस्कुराइ रहेछ
बदन भए न दुखाउन काँडा खोज्नु
यो मन हो फूलले पनि दुखाइ रहेछ
धेरै राम्रो पनि नहुनु रहेछ जीवनमा
हेर्नुस् त राम्राले लाखौं रुवाइ रहेछ
बा ले संसार छोडेकै भोलिपल्ट हो
छोरो भेट्न भनी चिट्ठी पठाइ रहेछ
विडम्बना भनु बाको प्राण उडेपछि
आज एक छोरा ज्यानउडाइ रहेछ