हेर्नुस् आज जनताले हातमा खुकुरी लिएछन्
लिएको होइन नेताको घाँटी छप्काइ दिएछन्
केही त पक्कै हुन्छ अब होस् गर शासकहरू
सरकार मात्तिएछ कि जनताहरू आत्तिएछन्
मुकुण्डोहरू फुत्किदै निस्किदै छन् मुहारबाट
अब सुनिन सक्छ एकदिन नेता लखेटिएछन्
समवेदना चेतना शून्य बन्दैछ नेपाल सरकार
कोहि पत्याउदैनन देशामा मान्छे सिद्धिएछन्
एउटाले आगो लगाउछु भन्यो मैले हुदैन भने
कतिपयले मलाई समेत नन्सेन्स सम्झिएछन्









Discussion about this post