लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर
सामन्त दलालहरूलाई अब धपाउनु पर्छ भनेर
अचेल सम्झिन्छु कस्तो भुल गरिएछ त्यो बेला
जब लागेका देखिन्छन् आज कमाउनु पर्छ भनेर
मित्रहरूले हेर्न छोडेको धेरै भयो तसर्थ भन्दैछु
दुस्मनलाई देखाउन पनि मुस्कुराउनु पर्छ भनेर
विवेकले जता डोर्याउछ त्यतै जाने मान्छे हूँ म
किन मित्रहरू लागेका छन् फकाउनु पर्छ भनेर
त्यहीँ मान्छे डिस्कोबाट निस्किदै गरेको भेटियो
जो सिकाउथ्यो क्रान्तिका गीत गाउनु पर्छ भनेर









Discussion about this post