सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर ….

लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर

सामन्त दलालहरूलाई अब धपाउनु पर्छ भनेर

 

अचेल सम्झिन्छु कस्तो भुल गरिएछ त्यो बेला

World Link Ads

जब लागेका देखिन्छन् आज कमाउनु पर्छ भनेर

 

मित्रहरूले हेर्न छोडेको धेरै भयो तसर्थ भन्दैछु

Sana Kishan

दुस्मनलाई देखाउन पनि मुस्कुराउनु पर्छ भनेर

 

विवेकले जता डोर्‍याउछ त्यतै जाने मान्छे हूँ म

किन मित्रहरू लागेका छन् फकाउनु पर्छ भनेर

 

त्यहीँ मान्छे डिस्कोबाट निस्किदै गरेको भेटियो

जो सिकाउथ्यो क्रान्तिका गीत गाउनु पर्छ भनेर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close