ऊ मन्दिर गयो र फर्कियो पूजेर पत्थर किन होला
देखेन ढोकामै बसेका बाआमा अक्सर किन होला
जसले सबैभन्दा बढी गल्ती र भ्रष्टाचार गर्छ उसैले
गर्छ प्रगति र उन्नति यो देशमा निरन्तर किन होला

अमेरिकी राष्ट्रपतीले छोरी पढाउन सकेनछ बिचरा
हाम्राले खान-दान धानेकै छन सकभर किन होला

बिचरा जसले दुनियाँको लागि बाली उब्जाइ रह्यो
आफू भने भोकै बस्न बाध्य छ हर प्रहर किन होला
जुन देशको लागि छोरा हाँसी-हाँसी मर्न तयार भयो
त्यहीँ खस्दैछ बुबाआमाको आँसु बरबर किन होला
