मान्छेको जीवनमा आफ्नो ख्वाव हुनसक्छ
अनुमान गरेर कसरी भन्छौ तनाव हुनसक्छ
मान्छेहरू हाँसेरै जीवन बिताउछन् ओठमा
त्यो उसको दुस्ख लुकाउने नकाव हुनसक्छ
पढेलेखेकाहरू दासजीवन किन बाच्दैछन्
सिद्धान्तसँग यति अनौठो लगाव हुनसक्छ
बोल्नेको पिठो बेचिन्छ नसक्ने भोकै बस्छन्
यो कसैले सोच्दैन नबोल्ने स्वभाव हुनसक्छ
बा सञ्चै भएको खबरले खुसी हुने छोराहरू
विदेशतिर बग्दैछन् समयको बहाव हुनसक्छ।