कञ्चनपुर । नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश बिमक समितिको अध्यक्षमा नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द सर्वसम्मत चयन भएका छन्।
कार्तिक १२ गते सोमबार धनगढीमा भएको अभिकर्ता भेला बाट चन्दलाई अध्यक्षमा चयन गरिएको हो। बिमक समिति नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड केन्द्रीय उपाध्यक्ष जयराज जैशिकाे सभापतित्वमा भएको अभिकर्ता भेलामा पेशागत बिमा अभिकर्ता सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष दीपक अर्याल प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रममा नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख नविन किशाेर भट्ट विशिष्ट अतिथि रहनु भएको थियाे। अतिथिमा पेशागत बिमा अभिकर्ता सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश समिति सचिव धनसिहं ठगुन्ना, सदस्य सुशीला देउवा बम, पार्वती नेगी कार्की र बिमक समिति महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्ट, धनगढी शाखाका अध्यक्ष ईश्वर बहादुर चन्द, बिमक समिति केन्द्रीय सदस्य मन्जु भट्ट सहितका ५ दर्जन बढि अभिकर्ताको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रममा बिमक समिति महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्ट, पेशागत बिमा अभिकर्ता सङ्घ नेपालका सुदूरपश्चिम प्रदेश सचिव, नेशनल लाइफका प्रदेश प्रमुख नवीन किशोर भट्टले आफ्नो मन्तव्य राख्नु भएको थियो भने पेशागत बिमा अभिकर्ता सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष दीपक अर्यालले पेशागत सङ्गठन र अभिकर्ता हकहितका बारेमा बोल्दै व्यवसाय प्रवर्द्धन सम्बन्धमा मोटिभेसन समेत गराउनु भयो।
स्वागत मन्तव्य प्रदेश सदस्य सुशीला देउवा बमले राख्नु भएको कार्यक्रम सञ्चालन नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द ले गर्नु भएको जानकारी समितका सचिव रतन चाडले बताउनु भयो।
नव निर्वाचित १३ सदस्यीय समिति यसप्रकार रहेको छ
अध्यक्ष – राजेन्द्र बहादुर चन्द
उपाध्यक्ष – जीवन बहादुर बुढा
उपाध्यक्ष – दुर्गा कुमारि शाह
उपाध्यक्ष – भैरव भट्ट
सचिव – रतन चाड
सह सचिव – खडक बहादुर खाति
सह सचिव – बसन्ति चन्द
काेषाध्यक्ष – गिता मल्ल
सदस्यहरु
अन्जु न्याैपाने
सान्त राज ठकुल्ला
सरिता थापा
नवराज अवस्थि
पर्शराम चाैधरि