रुन चाहदैन कोहि पनि हाँसीरहन खोज्छ
मर्नकै लागि पनि मान्छे बाँचीरहन खोज्छ
मान्छे जिउदै भएको प्रमाण दिन त होला
सपना बेलाबेला मनमा जागीरहन खोज्छ
अगाडिको आँखाले पछाडि हेर्दैन सायद
दुनियाँ जितेर आफू अगाडी रहन खोज्छ
केही हुनसक्छ रुखमा नत्र मालीले किन
झुण्डिएर पनि हाँगा समाती रहन खोज्छ
अनुसन्धानले निष्कर्ष निकाल्न सकेनन्
कतिसम्म यो मान्छे रवाफी रहन खोज्छ









Discussion about this post