छोरो १२ पास भएकै दिन विचरा! बाउ फस्यो
भोलिपल्ट हो छोराले विदेश जाने अड्डि कस्यो
सोच्यो होला बाले पनि जीवन पढाउन सकिएन
छोरो आकास उड्न थाल्यो, बाउ थचक्क बस्यो
छोराले सजिलै भन्यो कि विदेश जान्छु कि मर्छु
बाउ आफ्नै विश्वासको शिखरबाट भुइँमा खस्यो
बाउ केही बोलेन सोच्यो होला कस्तो सिकाएछु
छोराले वचन यसरी लगायो कि छुरी जस्तै धस्यो
कसरी पठाउनु विदेश झन कसरी राख्नु देशमा
त्यहीदिन बाको मनमा छोरो नफर्कने डर पस्योस्यो
– धर्मानन्द भट्ट









Discussion about this post