सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अभियन्ता टेर सम्मानित

प्रकाश भट्ट/कञ्चनपुर : २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बैतडीमा युवा अधिकारको क्षेत्रमा काम गर्दै आएकी निर्मला टेर (निरु) लाई सम्मान गरिएको छ।

बालअधिकारका क्षेत्रमा काम गर्दै युवाहरुको अधिकार स्थापित गर्न समाजमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै शनिवार दशरथचन्द नगरपालिकास्तरीय युवा सञ्जाल द्वारा बाल अधिकारकर्मी तथा अभियन्ता टेरलाई सम्मान गरिएको जनाइएको छ।

सम्मानित हुने टेरले आफूलाई अमूल्य सम्मान गरेकोमा दशरथचन्द नगरपालिकास्तरीय युवा सञ्जाल प्रति आभार प्रकट गर्दै यसले थप हौसला प्रदान भएको बताउनुभयो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.