कञ्चनपुर – देशैभर सहकारी संस्था प्रति आमनागरिकको वितृष्णा फैलिरहेका बेला कञ्चनपुरको महेन्द्रनगर स्थित उदयदेव सहकारी संस्थाले कृषि जेटिए अध्ययन गर्ने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

सहकारीका प्रबन्ध निर्देशक गणेश चन्दले सहकारीका सदस्यहरुका छोराछोरीलाई कृषिमा जोड्नका लागि पाँच जनालाई छात्रवृत्ति दिने निर्णय गरेको बताए । “हामीले कृषिलाई जोड दिएका छौ त्यसैले सहकारीका सदस्यका छोराछोरीलाई जेटिए अध्ययन गरे छात्रवृत्तिको व्यवस्था मिलाएका छौ ।” चन्दले भने–“यस बाहेर हामीले किसानलाई न्युन शुल्कमा कृषि उपकरण भाडामा दिने,बिउ प्रशोधन गर्ने र सहकारीका सदस्यको जीवनस्तर उकास्न राईस मिल सञ्चालनमा ल्याएका छौ ।”

गत वर्ष आईएससी एजी पढ्ने दुई जना विद्यार्थीलाई सहकारीले छात्रवृत्ति दिने भनेपनि कसैको आवेदन नपरेपछि यसवर्ष कृषि जेटिए अध्ययन गर्ने पाँच जनालाई विद्यार्थीलाई छात्रवृत्तिका लागि आवदेन आह्वान गरेको उनले बताए ।









Discussion about this post