कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका ०६ ऐठपुरमा रहेको सार्क एजुकेसन फाउन्डेसनले विज्ञान प्रविधि र व्यवस्थापन ल्याब सञ्चालन गर्ने भएको छ ।

विद्यार्थीहरूलाई विज्ञान तथा प्रविधि र व्यवस्थापनको क्षेत्रमा नयाँ चिजहरूको विकास गराउने उद्देश्यले विज्ञान प्रविधि र व्यवस्थापन ल्याब सञ्चालन गरिने सार्कका प्लस टू संयोजक राजेश भण्डारीले बताएका छन ।

मंगलबार एक पत्रकार सम्मेलन गर्दै संयोजक भण्डारीले विद्यार्थीहरूले सिद्धान्त: किताब मात्र पढ्ने भन्दा पनि त्यसको व्यावहारिक प्रयोग र अनुसन्धान जोड्नका विज्ञान तथा प्रविधि र व्यवस्थापनको प्रयोगशालाको अवधारणा ल्याएको बताएका छन । साथै देशैभरका जुनसुकै विद्यार्थीहरूले नविनतम् सोच बिचार आइडिया ल्याएर आयो भने विद्यालयले उसको आइडिया यदि प्रभावकारी रह्यो भने, लगानी पनि गर्ने र उसको योजनालाई अगाढी बढाउन सहयोग गर्ने पनि उनले जानकारी दिए ।

विद्यार्थीले पढेको कुरालाई मुख्यतः व्यवहार सँग जोड्ने र विद्यार्थीका आइडियाहरूलाई विभिन्न कम्पनी सँग बेच्ने योजना रहेको उनको भनाइ छ । उक्त कार्यक्रममा सार्क एजुकेसनका विद्यार्थीहरूले बनाएको आधुनिक प्रकृतिको फोहोर फ्याँक्ने भाँडोको समेत प्रदर्शन गरिएको थियो ।

जसमा सेन्सर मार्फत भाँडोको छोप्ने बिर्को खुल्ने प्रकृतिको छ । उक्त आविष्कार गर्ने कार्यमा फाउन्डेसन भित्र पढ्ने र बाहिर पढ्ने सबै विद्यार्थीहरूको सहभागिता हुन् पाउने सार्क स्कुलले जनाएको छ ।











Discussion about this post