सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलौरी नगरपालिकाको बजेट ८६ करोड ५७ लाख ६७ हजार

कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८६ करोड ५७ लाख ६७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पोतिलाल चौधरीको सभाध्यक्षतामा सञ्चालन गरिएको बेलौरी नगरपालिकाको नगर सभा एवम् एघारौँ अधिवेशनमा नगर प्रमुख चौधरीले नगरको नीति तथा कार्यक्रम र नगर उपप्रमुख जोगराम चौधरीले बजेट प्रस्तुत गर्नु भएको हो । आर्थिक वर्ष २०८०।०८१ को निति, कार्यक्रम तथा बजेटमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिइएको छ ।

Sana Kishan

स्वरोजगारमूलक कार्यक्रमका लागि नगर उद्यमशीलतालाई समेत नगरपालिकाले जोड दिएको छ । नगरपालिकाले १० वटा वडा मध्ये न्युनतम ११ लाख ५० हजारदेखि अधिकतम् २० लाखसम्मको बजेट वडाका लागि विनियोजन गरिएको छ । बेलौरी नगरपालिकाको एघारौँ नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति, कार्यक्रम तथा बजेट माथि सभामा छलफल जारी रहेको नगर प्रवक्ता हर्क बहादुर भुलले बताउनु भयो । नेपालबोध डटकम बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close